शिक्षकको बढुवा सम्बन्धी (शैक्षणिक प्रक्रिया) विषयगत नमूना प्रश्नोत्तर (सेट १४.२)

काठमाडौं/२२ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ शिर्षक : शैक्षणिक प्रक्रिया


विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
५. विद्यार्थी उपलब्धि सुधार योजनाको निर्माण प्रक्रिया लेख्नुहोस् । यसको कार्यान्वयन कसरी गर्न सकिन्छ ? यस प्रक्रियामा कस्ता चुनौतीहरू आउन सक्छन् र ती कसरी समाधान गर्न सकिन्छ ?


६. उपचारात्मक शिक्षण भनेको के हो ? यसको अवधारणा, हालको अवस्था र विद्यालय शिक्षामा यसको उपयुक्त प्रयोगको सम्भावनाको समीक्षा गर्नुहोस् ।


७. शैक्षणिक सामग्री निर्माण, सङ्कलन र प्रयोगको महत्व के हो ? शिक्षकले सामग्री विकासमा ध्यान दिनुपर्ने पक्षहरूको चर्चा गर्नुहोस् ।


८. कक्षा शिक्षणमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग कत्तिको प्रभावकारी रहेको छ ? यसका फाइदाहरू र चुनौतीहरूको चर्चा गर्दै सिकाइ प्रक्रियामा यसलाई कसरी समुचित रूपमा प्रयोग गर्न सकिन्छ ?


हेर्नुहोस भिडियो