डिप्लोमा/प्रमाणपत्र र प्रि–डिप्लोमा तहको रजिस्ट्रेसन फाराम मङ्सिर १३ गतेभित्र भर्नुपर्ने

काठमाडौं/७ असोज – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र र प्रि–डिप्लोमा तहको शैक्षिक सत्र २०८१/०८२ का लागि रजिस्ट्रेसन फाराम भर्न सूचना जारी गरेको छ ।


सिटिइभिटीबाट आङ्गिक, साझेदारी, सरकारी/सामुदायिक विद्यालय र निजी स्तरमा कार्यक्रम सञ्चालनको सम्बन्धन स्वीकृति पाएका शिक्षण संस्थाहरूको डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८१ को दफा २८ र प्रि– डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८१ को दफा २७ बमोजिम रजिस्ट्रेसन समयावधि २०८१ मङ्सिर १६ गतेभित्र तोकिएको हुँदा रजिस्ट्रेसन फाराम भर्न भनिएको हो ।


डिप्लोमा/प्रमाणपत्र तह र प्रि–डिप्लोमा तहका सम्पूर्ण कार्यक्रमहरूमा शैक्षिक सत्र २०८१/०८२ का लागि प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना प्रक्रियासँगै अध्ययनरत परीक्षार्थीहरूको रजिस्ट्रेसन फाराम असोज ०७ गतेदेखि मङ्सिर ०४ गते भित्रमा नियमित शुल्कमा र मङ्सिर ०५ गतेदेखि मङ्सिर १३ गतेभित्र विलम्ब शुल्कमा भर्न सकिने जनाएको छ ।


विस्तृत जानकारीका यहाँ हेर्न सकिने छ ।