काठमाडौं/६ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : शैक्षिक योजना तथा व्यवस्थापन
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
५. शैक्षिक योजनामा सामाजिक न्याय र समावेशीकरणका सिद्धान्तहरूलाई कसरी समावेश गर्न सकिन्छ ? सामाजिक न्याय र समावेशीकरणका सिद्धान्तहरूलाई समावेश भएको शैक्षिक योजनाले शिक्षण सिकाइ व्रिmयाकलापमा पार्ने प्रभावका बारेमा लेख्नुहोस् ।
६. शैक्षिक सुशासन भनेको के हो ? विद्यालय स्तरमा सुशासन कायम गर्नका लागि शासन र विद्युतीय अभिलेखीकरणको भूमिका के हुन्छ ? विद्युतीय अभिलेखीकरणले विद्यालय व्यवस्थापन र सुशासनमा कसरी सुधार ल्याउन सक्छ ?
७. विपद्का समयमा विद्यालय व्यवस्थापनमा सामना गरिने चुनौतीहरू के के रहेका हुन्छन् ? विपद्का समयमा शिक्षण सिकाइलाई निरन्तरता दिनका लागि विद्यालय व्यवस्थापनले के–कस्ता रणनीतिहरू अपनाउन सक्छ ? विपद्का बेला शिक्षण–सिकाइको निरन्तरता कसरी सुनिश्चित गर्न सकिन्छ ?
८. एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली भनेको के हो ? एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीको प्रयोगले विद्यालय व्यवस्थापनमा कस्तो प्रभाव पार्दछ ? यसको प्रयोगमा देखा पर्ने समस्याहरू के हुन् र समाधान के हुन सक्छन् ?



