काठमाडौं/४ – असोज प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्,(सिटिइभिटी) तालिम विकास महाशाखाको समन्वयमा प्रि–डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी तालिम निःशुल्क सञ्चालन गर्न लागेको छ । शैक्षिक सत्र २०८१/०८२ मा प्रि–डिप्लोमा तहको २४ महिना अवधिको औद्योगिक प्रशिक्षार्थी तालिम निःशुल्क सञ्चालन गर्ने भएको हो ।
यस कार्यक्रम तथा कोटामा समावेश हुनका लागि परिषद्ले प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । प्रवेश परीक्षा लिई भर्नाका लागि परिषद् कार्यालयबाट औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम सञ्चालन अनुमति प्राप्त आङ्गिक, साझेदार तथा टिइएससी सामुदायिक विद्यालयहरूमा प्रशिक्षार्थी छनोट गरी भर्ना गर्नका लागि आवेदन माग गरिएको हो ।
आवश्यक योग्यता र परीक्षार्थी छनोटको आधारहरू
१. आवश्यक योग्यता :
क. एसएलसी वा एसईई परीक्षामा सहभागी (पाठ्यक्रम समितिको मिति २०८१/०४/०४ गतेको निर्णय अनुसार) ।
ख. तालिम लिन इच्छुक व्यक्ति सम्बन्धित तालिम/प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम हुनुपर्नेछ ।
ग. कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ ।
घ. दलित, जनजाति, अपाङ्ग, मुस्लिम, मधेसी, दुर्गम क्षेत्र तथा विपन्नको हकमा सम्बन्धित स्थानीय निकायको सिफारिस पत्र हुनुपर्नेछ ।
२. परीक्षार्थी छनोटको आधार :
योग्य र इच्छुक आवेदकहरू मध्येबाट समग्र मूल्याङ्कन १०० पूर्णाङ्कमध्ये (आवेदन फाराम मूल्याङ्कन – २०, उद्योग / व्यवसायको सिफारिस पत्र २०, लिखित प्रवेश परीक्षा–३० र अन्तर्वार्ता –३०) प्राप्ताङ्कको योगफल तथा कार्यक्रम र कोटाका आधारमा न्यूनतम ३५ अङ्क प्राप्त गर्ने परीक्षार्थी योग्यता क्रमानुसार छनोट हुने ब्यहोरा अनुरोध छ । साथै यस सम्बन्धी विस्तृत विवरण “प्रि–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) – प्रशिक्षार्थी छनोट, भर्ना र मूल्याङ्कन निर्देशिका, २०७९ (संशोधन सहित)“ मा व्यवस्था भए बमोजिम प्रशिक्षार्थी छनोट, भर्ना र मूल्याङ्कन गर्नु गराउनुहुन अनुरोध छ । सो निर्देशिका https://www.ctevtexam.org.np वा https://www.enssure.org.np वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।
३. शैक्षिक सत्र २०८१/०८२ का लागि औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रम सञ्चालन गर्ने शिक्षालय/विद्यालय/प्रतिष्ठान तथा कार्यक्रम र स्वीकृत कोटा सम्बन्धी विवरण :
क) प्रदेश सरकारहरू (कोशी प्रदेश विराटनगर, मोरङ, मधेस प्रदेश, जनकपुरधाम, धनुषा, बागमती प्रदेश, हेटौँडा, मकवानपुर, गण्डकी प्रदेश, पोखरा, लुम्बिनी प्रदेश, देउखुरी, दाङ, कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेत, सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली) मार्फत सञ्चालन हुने औद्योगिक प्रशिक्षार्थी तालीम (Apprenticeship) कार्यक्रम अन्तर्गतका शिक्षण संस्थाहरू



