काठमाडौं/४ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तर (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : विद्यालय समुदाय सम्बन्ध
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
५. विद्यालयमा हुने द्वन्द्व व्यवस्थापनमा शिक्षकको भूमिका कस्तो हुनुपर्छ ? द्वन्द्व समाधानको लागि शिक्षकले अपनाउने विधि र नीतिहरू कस्ता हुन सक्छन् ? लेख्नुहोस् ।
६. विद्यालय, शिक्षक र विद्यार्थीको सञ्जालको निर्माणले प्रभावकारी शिक्षणमा कसरी सहयोग गर्न सक्छ ? प्रविधिको प्रयोग गरी विद्यालय, शिक्षक र विद्यार्थीको सञ्जालले शिक्षण–सिकाइ प्रक्रियामा कसरी सुधार ल्याउन सक्छ ?
७. विद्यालय विकासका लागि स्थानीय साधन र स्रोतको पहिचान र परिचालन कसरी गर्न सकिन्छ ? विद्यालयले आफ्नै क्षेत्रमा रहेका स्रोतहरूको सदुपयोग गरी विकास योजना कसरी कार्यान्वयन गर्न सक्छ ?
८. विद्यालयमा सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ किन आवश्यक हुन्छ ? यस प्रक्रियाबाट विद्यालयको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न के–के उपाय अपनाउन सकिन्छ ?



