शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तर (सेट-४)

काठमाडौं/३१ भदौं-शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरको (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


विषयगत प्रश्नोत्तरहरु


तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार गाउँपालिका र नगरपालिकाको विद्यालय शिक्षासम्बन्धी अधिकारहरु मध्ये कुनै आठओटा अधिकारहरू उल्लेख गर्नुहोस् । ती अधिकार प्रयोग गर्न स्थानीय तहमा के कस्ता संयन्त्रहरू रहेका छन् ? उल्लेख गरी ती अधिकार प्रयोग गर्न के कस्ता चुनौतीहरू देख्नुहुन्छ ? लेख्नुहोस् । ४+३+३


२. कक्षाकोठा व्यवस्थापन भन्नाले के बुझिन्छ ? नेपालका सार्वजनिक विद्यालयको सन्दर्भमा कक्षाकोठा व्यवस्थापन गर्दा आइपर्ने चुनौती र ती चुनौतीहरू सम्बोधन गर्ने उपायहरूको बारेमा लेख्नुहोस् । ३+३+४


३. स्थानीय पाठ्यक्रमको परिचय दिदै आधारभूत पाठ्यक्रम (कक्षा ४–५) मा स्थानीय विषय समावेश गर्नुको औचित्य पुष्टि गर्नुहोस् । तपाईंको विद्यालयमा स्थानीय पाठ्यक्रमको कार्यान्वयनको अवस्थाबारे प्रकाश पार्नुहोस् । ३+३+४


४. शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि उपयोगको लागि अत्याबश्यक पूर्वाधारहरू के के हुन् ? उल्लेख गर्नुहोस् । एक प्राथमिक शिक्षकको रुपमा तपाईंले सूचना तथा सञ्चार प्रविधिको प्रयोग कसरी गर्नुहुन्छ ? बुँदागत रुपमा प्रस्तुत गर्नुहोस् । ४+६


५. शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकको पेशागत विकास र सुपरीवेक्षणको भूमिका महत्वपूर्ण हुन्छ । सङ्घीयता कार्यान्वयन पश्चात् उचित संस्थागत प्रबन्ध हुन नसक्दा विद्यालय सुपरीवेक्षण तथा शिक्षक सहायता प्रणालीको उचित व्यवस्था हुन नसकेको गुनासो व्याप्त छ । यस सन्दर्भमा शिक्षक पेशागत विकासका लागि हाल अभ्यासमा रहेको शिक्षक सहायता प्रणालीको बारेमा चर्चा गर्नुहोस् । शिक्षाको गुणस्तर बढोत्तरीको लागि विद्यालय सुपरीवेक्षण प्रणालीलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? सम्भाव्य उपायहरू प्रस्तुत गर्नुहोस् । ४+६


६. विद्यालय शिक्षामा शैक्षिक अनुसन्धान किन गरिन्छ ? एक शिक्षकले निरन्तर अध्ययन अनुसन्धान गर्ने व्यवस्था मिलाउन के कस्तो नीतिगत तथा कार्यगत व्यवस्था गर्नु वाञ्छनीय ठान्नुहुन्छ ? व्यावहारिक सुझावहरू प्रस्तुत गर्नुहोस् । ४+६


यहाँबाट हेर्नुहोस भिडियो