प्रि–डिप्लोमा तहको परीक्षा आवेदन फाराम भर्ने समय थप

काठमाडौं/३१ भदौं-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको नियमित/आंशिक परीक्षाको आवेदन फाराम भर्ने म्याद थप गरेको छ ।


कार्यालयको भदौं ११ गते प्रकाशित सूचना अनुसार कात्तिक/मङ्सिर महिनामा सञ्चालन हुने प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूको नियमित/आंशिक परीक्षाको आवेदन फाराम सोही मितिमा प्रकाशित सूचनाका सम्पूर्ण सर्त बमोजिम हुने गरी आवेदन फाराम भर्न म्याद थप गरिएको जनाएको छ ।


थप म्याद अनुसार प्रशिक्षार्थीहरूले सम्बन्धित शिक्षालयमा परीक्षा आवेदन फाराम असोज १० गते दिनको ३ः०० बजेसम्म बुझाउनु पर्ने छ । त्यसैगरी प्रशिक्षार्थीहरूले विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम सम्बन्धित शिक्षालयमा असोज ११ गतेदेखि १५ गतेसम्म बुझाउनुपर्ने छ । सूचना www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।