शिक्षकको बढुवा सम्बन्धी विषयगत नमूना प्रश्नोत्तर (सेट-२)

काठमाडौं/२९ भदौं-शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


विषयगत प्रश्नोत्तरहरु


तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. स्थानीय तहलाई विद्यालय शिक्षा सम्बन्धमा प्रदान गरिएको कानूनी जिम्मेवारी प्रयोगको अवस्था विश्लेषण गर्दै गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि स्थानीय तहले निर्वाह गर्न सक्ने भूमिकाको चर्चा गर्नुहोस् । ४+६


२. कक्षाकोठामा देखिने विविधताका विभिन्न स्वरुपहरू उल्लेख गर्दै विद्यार्थी विविधतालाई शिक्षण सिकाइमा प्रभावकारी ढङ्गले कसरी उपयोग गर्न सकिन्छ ? कार्यान्वयन योग्य सुझावहरू प्रस्तुत गर्नुहोस् । ४+६


३. बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन पश्चात् बालबालिकाको अधिकार संरक्षणका लागि नेपालले गरेका प्रयासहरू उल्लेख गर्दै ती अधिकारहरूलाई सुनिश्चित गर्न आगामी दिनमा गर्नुपर्ने कार्यहरू उल्लेख गर्नुहोस् । ५+५


४. प्राथमिक तहको शिक्षकका लागि समावेशी शिक्षासम्बन्धी ज्ञान किन आवश्यक हुन्छ ? विभिन्न अवस्था र सिकाइ आवश्यकता भएका विद्यार्थीहरूका लागि उपयुक्त हुने कक्षाकोठाभित्र सिकाइ वातावरण सिर्जना गर्ने तरिकाहरू उदाहरण सहित वर्णन गर्नुहोस् । ३+७


५. सरकारले शिक्षकको पेशागत विकासका लागि शिक्षक तालिममा ठूलो मात्रामा लगानी गर्दै आएको भए तापनि विद्यार्थीको सिकाइ उपलब्धिमा अपेक्षित सुधार हुन सकेको छैन । यसका कारणहरू उल्लेख गर्दै शिक्षक तालिमलाई अझ बढी प्रभावकारी र कक्षाकोठाभित्र तालिमको उपयोग हुने वातावरण बनाउन के गर्नुपर्ला ? सुझावहरू प्रस्तुत गर्नुहोस् । ३+३+४


६. कार्यमूलक अनुसन्धान भनेको के हो ? शिक्षकको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन यसको प्रयोग कसरी गर्न सकिन्छ ? शिक्षण सिकाइमा आइपर्ने कुनै समस्यालाई आधार मानी कार्यमूलक अनुसन्धानको नमूना प्रस्तुत गर्नुहोस् । २+२+६


यहाँबाट हेर्नुहोस भिडियो