काठमाडौं/१२ भदौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको स्वास्थ्यतर्फ फेज आउट भएका कार्यक्रमहरूमा अनुत्तीर्ण परीक्षार्थीहरूका लागि विशेष मौका (आंशिक) परीक्षाको सञ्चालन गर्ने भएको छ ।
परिषद्ले प्रि–डिप्लोमा (साविक प्राविधिक एस.एल.सी.) तहका स्वास्थ्यतर्फ फेज आउट भएका कार्यक्रमहरूमा अनुत्तीर्ण परीक्षार्थीलाई विशेष मौकाका लागि परीक्षा आवेदन माग गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट प्रि–डिप्लोमा (साविक प्राविधिक एस.एल.सी.) तहको सम्बन्धन स्वीकृत प्राप्त गरी आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सम्बन्धन÷स्वीकृति प्राप्त शिक्षण संस्थाहरूको स्वास्थ्यतर्फ फेज आउट भएका कार्यक्रमहरूमा अनुत्तीर्ण रहेका प्रशिक्षार्थीहरूका लागि आवेदन मागिएको जनाएको छ ।
कात्तिक/मङ्सिर महिनामा सञ्चालन हुने एक पटकका लागि विशेष मौका (आंशिक) परीक्षाका लागि सम्बन्धित शिक्षण संस्थाले परीक्षामा सम्मिलित हुन सम्बन्धित प्रशिक्षार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई पठाउन भनिएको छ ।
विस्तृत जानकारीका लागि वेबसाइट www.ctevtexam.org.np मा राखिएको सूचना हेर्नुसकिन्छ ।



