काठमाडौं/११ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ चार नेपाली भाषा शिक्षण अन्तर्गत भाषिक सीप शिक्षणबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : भाषिक सीप (सुनाइ, बोलाइ, पढाइ र लेखाइ) सम्बद्ध शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक सामग्रीको प्रयोग, पढाइका तत्वहरु (ध्वनि सचेतना, लेख्यवर्ण सचेतीकरण, शब्दभण्डार, पढाइ प्रवाह, वोध र लेखाइ)
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. तामाङ्ग मातृभाषीको बाहुल्यता भएको प्राथमिक तहको कक्षाकोठामा नेपाली भाषाको शब्द भण्डार वृद्धि गर्न के कस्ता क्रियाकलापहरू गराउन सकिन्छ ? कुनै पाँचओटा क्रियाकलापहरू उल्लेख गरी प्रत्येकको १÷१ ओटा उदाहरण समेत दिनुहोस् । ५ (नमुना प्रश्नपत्र २०७८)
२. कक्षा १–३ का विद्यार्थीहरुलाई नयाँ शब्दहरु शुद्ध र स्पष्टसँग उच्चारण गरी स्वाभाविक गतिमा बोल्न सिकाउन शिक्षण गर्दा अपनाउन सकिने कुनै ५ ओटा विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलापहरु उदाहरण सहित उल्लेख गर्नुहोस् । ५ (खुला प्रतियोगितात्मक विषयगत परीक्षा – २०७९)
३. प्राथमिक तहमा सुनाइ सीपको विकासको लागि कुन कुन शिक्षण क्रियाकलाप प्रभावकारी हुन सक्छन् ? ती क्रियाकलापलाई प्राथमिक तहमा कसरी लागू गर्न सकिन्छ ?
४. भाषिक सीप भन्नाले के बुझिन्छ ? बोलाइ सीपको विकास गर्न विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न उपयुक्त शैक्षिक गतिविधिहरु के के हुन सक्छन् ? कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई भाषिक सीप सिकाउन एउटा पाठ योजना बनाउनुहोस् ।
५. पढाइ सीपमा ध्वनि सचेतनाको महत्व के रहेको हुन्छ ? प्राथमिक तहमा ध्वनि सचेतना विकास गर्न शिक्षकले अपनाउनुपर्ने रणनीतिहरू के–के हुन् ?
६. लेख्यवर्ण सचेतीकरण कसरी प्रभावकारी ढंगले पालना गराउन सकिन्छ ? प्राथमिक तहमा लेख्यवर्ण सचेतीकरण गराउनका लागि प्रभावकारी शिक्षण व्रिmयाकलापहरु के के हुन सक्छन् ।
७. शब्दभण्डार भन्नाले के बुझिन्छ ? प्राथमिक तहका विद्यार्थीहरूलाई शब्दभण्डार विस्तार गर्न कुन कुन शिक्षण विधिहरू उपयोगी हुन्छन् ? कक्षा १ का विद्यार्थीहरुलाई कुनै एक शब्द सिकाउनका लागि पाठ योजना तयार गर्नुहोस् ।
८. पढाइ प्रवाहको विकासका लागि शिक्षकले कुन–कुन किसिमका अभ्यास गराउन सक्छन् ? पढाइ प्रवाहको विकासका लागि उपयुक्त शिक्षण विधिहरु के के हुन सक्छन् ?
९. पढाई बोध भनेको के हो ? पढाइ वोध शिक्षण गर्दा अपनाउनु पर्ने शिक्षण विधिहरु के के हुन सक्छन् ? पढाई बोधलाई प्राथमिक तहमा सिकाउँदा अपनाउनु पर्ने शिक्षण व्रिmयाकलापहरु लेख्नुहोस् ? पढाई बोध सम्बन्धी मूल्याङ्कनका लागि दुई ओटा प्रश्नहरु लेख्नुहोस् ।
१०. लेखाइ सीपको विकासको लागि उपयुक्त शैक्षिक सामग्री र क्रियाकलापहरू के के हुन् ? प्राथमिक तहमा यसलाई कसरी प्रभावकारी ढंगले प्रयोग गर्न सकिन्छ ? उदाहरण सहित लेख्नुहोस् ।



