काठमाडौं/२८ साउन – कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय, रामपुर, चितवनल कृषि स्नातक तहमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८१/८२ का लागि कृषि स्नातक तहमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको हो ।
आवेदन फाराम साउन २८ गतेदेखि भदौं २० गते राति १२ः०० बजेसम्म अनलाइन बाट मात्र भर्न सकिनेछ विश्वविद्यालयले जनाएको छ । साथै प्रवेश परीक्षा भदौं २८ गते शुक्रबार बिहान ११ः०० बजे रामपुर, चितवन र काठमाडौँमा हुनेछ ।
भर्ना सम्बन्धी विस्तृत जानकारी एवं आवेदन फाराम भर्नका लागि विश्वविद्यालयको वेबसाइट www.afu.edu.np र https://sis.afu.edu.np मा हेर्न सकिनेछ ।



