काठमाडौं/३ साउन – पाठ्यक्रम विकास केन्द्रले सामाजिक अध्ययन विषयको विषयवस्तु संशोधन गरेको छ । विद्यालय शिक्षा कक्षा १० को सामाजिक अध्ययन विषयको पृष्ठसङ्ख्या ५६ मा र कक्षा ४ को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको पाठ्यपुस्तकको पृष्ठसङ्ख्या ९३ मा संशोधन गरेको हो ।
उक्त विषयमा सरोकारवालाबाट केही विषयवस्तु संशोधन गर्न माग गरेकोले विषयवस्तु संशोधन गरिएको केन्द्रले जनाएको छ ।
संशोधन गरिएका विषयवस्तु समायोजन गरिएको र पाठ्यपुस्तक केन्द्रको वेबसाइट www.moecdc.gov.np मा समेत अपलोड गरिएकाले सोहि अनुरूप पठनपाठन गराउन विद्यालय र शिक्षकलाई निर्देशन दिएको छ ।



