आफ्नो आर्थिक अवस्थालाई ख्याल गरेर छोराछोरीलाई विदेश अध्ययनमा पठाउँ

काठमाडौँ /३ साउन – पछिल्लो समय कक्षा १२ पछि वा सो भन्दा माथिको पढाई सकिएपछि विदेश अध्ययनमा जाने विद्यार्थीहरूको सङ्ख्या ठुलै छ । यो सङ्ख्या हरेक वर्ष घट्ने भन्दा पनि वृद्धि हुँदै गइरहेको देखिन्छ । यसले के देखाउँछ भने कक्षा १२ पछि हरेक विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान चाहन्छ । उनीहरू जान खोज्नुका कारण अनेक होलान जस्तै आफूले रोजेको विषय पढ्न पाइने, विश्वविद्यालयमा प्रयोगात्मक शिक्षा धेरै हुने, अध्ययन पश्चात् रोजगारको अवसर, समाजमा अरूको देखासिकी गरेर, सामाजिक प्रतिष्ठा देखाउन, साथीभाईको लैलैमा लागेर आदी ।


त्यसैले पनि विद्यार्थी विदेश अध्ययनमा जानु भन्दा अगाडी वा अभिभावकले आफ्ना छोराछोरी उच्च शिक्षा अध्ययनका लागि पठाउनु भन्दा अगाडी निकै गम्भीर भएर सोचेर मात्रै निर्णय गर्नुहुन अनुरोध गर्दछु । विशेष गरी कहाँ पठाउने, कुन कोर्स गर्न जाने, कुन विश्वविद्यालय जाने र कसरी आर्थिक पाटोलाई व्यवस्थापन गर्ने लगायतका सवालमा पहिलो चरण विद्यार्थी अभिभावकले घरमै परिवारभित्र बसेर वा आफू भन्दा बुझेका अग्रज, दाजु दिदीहरूसँग बुझन आवश्यक छ । यो अलावा आर्थिक व्यवस्थापनका बारेमा घर परिवारका बिच घनीभूत रूपमा छलफल गरेर निर्णय लिनुपर्छ । त्यसपछि आफ्नो आर्थिक अवस्था अनुसारको विश्वविद्यालय, जाने देश, अध्ययन गर्ने विषय र गइ सकेपछि आउन सक्ने समस्याहरू हल गर्न सक्ने आधारहरूलाई हेरेर तयारीमा लाग्दा राम्रो हुन्छ ।

आर्थिक व्यवस्थापनका बारेमा घर परिवारका बिच घनीभूत रूपमा छलफल गरेर निर्णय लिनुपर्छ । त्यसपछि आफ्नो आर्थिक अवस्था अनुसारको विश्वविद्यालय, जाने देश, अध्ययन गर्ने विषय र गइ सकेपछि आउन सक्ने समस्याहरू हल गर्न सक्ने आधारहरूलाई हेरेर तयारीमा लाग्दा राम्रो हुन्छ ।


अर्को तर्फ अभिभावकले सँगसँगै विचार गर्नुपर्ने कुरा भनेको आफ्ना छोराछोरीलाई कुन विषय पढ्ने इच्छा छ, कुन देशमा जाने इच्छा छ भन्ने विषय ध्यान दिनुपर्छ । किनभने भोलि गएर आफ्ना छोराछोरी अप्ठेरोमा नपरुन र उनिहरूले आफूले गरेको निर्णयमा ओनरसिप लिन सकुन । अहिलेका बालबालिकाहरू प्रविधिको माध्यमबाट हरेक विश्वविद्यालय, देशका बारेमा घरैबाट पनि बुझ्न सक्ने भएका छन् त्यस कारण एकतर्फी अभिभावकले निर्णय गर्दा छोराछोरीलाई असहज हुन सक्छ यसमा ध्यान दिँदा राम्रो हुन्छ ।


अभिभावकले छोराछोरीसँग बसेर आर्थिक अवस्था, देश, विश्वविद्यालय, पढ्ने विषयका बारेमा निर्णय गरेपछि यसबारेमा अझ विस्तृत बुझ्न र प्रक्रियामा सहजिकरणका लागि लामो समयदेखि यस क्षेत्रमा काम गरिरहेका, अनुभवी, करियरका विषयमा परामर्श दिन सक्ने शैक्षिक परामर्श संस्थासँग पनि सल्लाह लिनुपर्छ । विद्यार्थीको करियरसँग जोडिने कुरा अलिनै गम्भीर हुने भएकोले यसका लागि विश्वविद्यालय र गन्तव्य अनुसारको परामर्श दिने राम्रो संस्थाको पहिचान विद्यार्थी र अभिभावक दुबैले सल्लाहमा गर्नुपर्छ ।


अरूले भनेका आधारमा, ठुला विज्ञापनका आधारमा, सामाजिक सञ्जालमा देखेका आधारमा, टिकटकमा बोलेका आधारमा साथै अरूको हल्लाका आधारमा शैक्षिक परामर्श छनोट गर्नु भन्दा पनि सर्टिफाईड र लामो अनुभव गरेका परामर्शसँग सल्लाह लिनु पर्छ । विद्यार्थीहरूले शैक्षिक परामर्श संस्थाहरू छनोट गर्ने क्रममा एउटामा मात्रै नबुझेर कम्तीमा तीन चारवटामा गएर राम्रोसँग बुझन आवश्यक छ । त्यस पछि अभिभावक र विद्यार्थीले छलफल गरेर विश्वसनीय शैक्षिक परामर्श छनोट गरी प्रक्रिया अगाडी बढाइयो भने विद्यार्थीलाई सहज हुन्छ ।

विद्यार्थीहरूले शैक्षिक परामर्श संस्थाहरू छनोट गर्ने क्रममा एउटामा मात्रै नबुझेर कम्तीमा तीन चारवटामा गएर राम्रोसँग बुझन आवश्यक छ । त्यस पछि अभिभावक र विद्यार्थीले छलफल गरेर विश्वसनीय शैक्षिक परामर्श छनोट गरी प्रक्रिया अगाडी बढाइयो भने विद्यार्थीलाई सहज हुन्छ ।


नेपालीहरूको पासपोर्टलाई अन्तर्राष्ट्रिय स्तरमा कमजोरका रूपमा हेरिने भएकोले आफ्ना डकुमेन्टहरूको तयारी गर्दा राम्रो बनाउन आवश्यक छ । उनीहरूले खास हेर्ने भनेको आर्थिक हैसियत र विद्यार्थीको नियत वा कुन उदेश्यले अध्ययनमा जाँदै छ, पढाई कस्तो छ, एसओपि कस्तो लेखेको छ र पारिवारिक पृष्ठभूमि कस्तो छ लगायतका बारेमा अध्ययन गर्ने भएकोले डकुमेन्ट सहि र स्तरीय बनाउन आवश्यक छ । यस्ता कुराहरूमा शैक्षिक परामर्श संस्थाहरूले कुरा बुझेर विद्यार्थीहरूलाई सहयोग गर्ने र डकुमेन्ट तयार पार्नु पर्ने हुन्छ । यसका लागि पनि उत्कृष्ट शैक्षिक परामर्शको आवश्यक हुन्छ त्यसैले यसमा ध्यान दिन आवश्यक छ । यो काम सकेसम्म विद्यार्थी आफैले गर्दा जिम्मेवार बहन गर्ने, ओनरसिपलिने र आफू कुन विषय अध्ययनका लागि किन जाँदै छु भन्ने कुराको पनि राम्रो ज्ञान हुन्छ र अध्ययनमा गइसकेपछि पनि मिहिनेत गर्ने बानी पर्छ ।


अर्को तर्फ अध्ययनमा गएका विद्यार्थीहरूलाई सबै देशहरूले पार्टटाइम काम गर्न पाउने सुविधा दिइएको हुन्छ । यसका लागि विद्यार्थीले कुनै न कुनै सिप लिएर गएको खण्डमा काम गर्न सहज हुन्छ । पढाईलाई असर पर्ने गरी काममा भने ध्यान दिनु हुँदैन । तर, पार्टटाइम कामका लागि बारिस्ट, आइटीको ज्ञान, व्यक्तित्व विकास, कम्युनिकेसन स्किल, कुन देश जान खोजेको हो त्यस देशको भाषा, संस्कृति, कानुन, सामाजिक रहनसहन कस्ता छन् आदी बुझेर र सिकेर जाँदा त्यहाँ गइसकेपछि एडजस्ट गर्न सहज हुन्छ ।


अधिकांश अभिभावकमा के देखिन्छ भने मेरो छोरो वा छोरी अस्ट्रेलिया छ उसले कमाईरहेको छ, नेपालमा पैसा पठाउनुपर्छ भन्ने धारणा राखेका हुन्छन् । साथै उनिहरूले छोराछोरी गईसकेपछि पढ्न पठाएको भन्दा पनि कमाउन पठाएको जस्तो गरेर उनीहरूलाई पठाउँदा लागेको रकम पठाउन दबाब दिने गर्छन । आफ्ना छोराछोरी पैसा कमाउन भन्दा पनि उच्च शिक्षा अध्ययनका लागि गएको हो भन्ने कुरा बिर्सन हुँदैन । त्यसैले त पठाउनु भन्दा अगाडी आर्थिक अवस्थाका बारेमा परिवार बिच बसेर घनीभूत छलफल गर्नुपर्छ भन्न खोजेको हो । यति मात्रै होइन गईसकेपछि भनेजस्तो सधैँ नहुन सक्छ, जाने बित्तिकै उसलाई तोकिएको पार्टटाइम जब नपाउन सक्छ त्यस्तो अवस्थामा कहिलेकाहीँ नेपालबाटै पनि पैसा पठाउन पर्न सक्छ भन्ने मनस्थित अभिभावकले तयार गर्न सक्नु पर्छ र उनीहरूलाई पढाईको वातावरण सिर्जना गर्नुपर्छ । घरको दुःख देखाउने र पैसा पठाउन दबाब दिदा छोराछोरी मानसिक दबाबमा पर्ने गरेका छन् । त्यसकारण आफ्नो आर्थिक हैसियत अनुसारको गन्तव्य छनोट गर्नुपर्ने मुख्य कारण पनि यही हो ।

घरको दुःख देखाउने र पैसा पठाउन दबाब दिदा छोराछोरी मानसिक दबाबमा पर्ने गरेका छन् । त्यसकारण आफ्नो आर्थिक हैसियत अनुसारको गन्तव्य छनोट गर्नुपर्ने मुख्य कारण पनि यही हो ।


साथै छोराछोरी विदेश अध्ययनमा गइसकेपछि उनीहरूको पढाईको अवस्था कस्तो छ । उसको ग्रेड कस्तो आएको छ भन्ने कुरामा पनि ध्यान दिनु अनिवार्य छ । उनीहरूलाई अभिभावकले सम्झाउँदा पढाईमा ध्यान दिने, मेहेनत गर्ने, नआत्तिने र गलत बाटो लागेर बिग्रने सम्भावना निकै कम हुन्छ । आफ्ना लागि सबै कुरा आफूले नै गर्नुपर्ने भएकोले उनिहरू मानसिक दबाबमा हुने गर्छन । सँगै अभिभावकको रेखदेखमा नहुने हुनाले बेलाबेलामा उनिहरूसँग कुराकानी गरेर पढाईका बारेमा सोधियो भने उनीहरूले अपनत्व महसुस गर्नुका साथै साथीहरूको लै लैमा लागेर क्लब जाने, कूलततिर लाग्ने जस्ता कुरामा सचेत हुन्छन् ।


अन्तमा छोराछोरीको पढाई सकिएपछि आफ्नै देश फर्कनुपर्छ है भन्ने कुराहरूमा सकारात्मक संकेतहरू अभिभावकले दिनुपर्छ न की पढाई सकेपछि आफूले जानेको सिप लिएर स्वदेश फर्कन सकोस । आफ्नो देश भनेको आफ्नै हुन्छ सुविधा विदेशमा पाइएला तर मातृभूमिमा जस्तो सुख पाईदैन र अभिभावकले हामी पनि त्यतै आउँछौँ भन्दा पनि स्वदेश फर्कनका लागि उत्प्रेरित गर्नुपर्छ ।


लेखक सरिता खड्का हब इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीको संस्थापक निर्देशक हुन् ।