विद्यालय कर्मचारी र इसिडी शिक्षकको ६० वर्ष उमेर हद् कार्यन्वयन गर्न निर्देशन

पर्सा/६ जेठ – शिक्षा विकास तथा समन्वय इकाइ पर्साले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय प्रशासन, लेखा कर्मचारी, अस्थायी करार कर्मचारी, प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ता, सामुदायिक सिकाई केन्द्रका परिचालिका तथा सहयोगीको ६० वर्ष उमेर हद कार्यान्वयन गर्न निर्देशन दिएको छ । सबै स्थानीय तह र सामुदायिक विद्यालयलाई सो निर्देशन दिएको हो ।


सर्वोच्च अदालतको मिति २०८१/०९/१७ को आदेश अनुसार ०७८–wo–०८६० निवेदन खारेज भएकोले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प.सं. २०७८/०७९ शि.व्य. च.नं. ७४ २०७८/०६/१९ गतेको पत्रानुसार कार्यन्वयन गर्न पत्राचार गरिएको छ ।