काठमाडौँ /८ जेठ – नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका शिक्षा विरुद्ध अख्तियार अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । जिल्ला जुम्ला, पातारासी गाउँपालिका, वडा नं। १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपाने विरुद्ध विशेष अदालत, काठमाडौँ मुद्दा दायर गरेको हो ।
गणित राहत शिक्षक न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी नियुक्ति लिएको आयोगको ठहर छ । आयोगले उजुरीका आधारमा अनुसन्धान हुँदा शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली पेस गरेको पाइएको जनाएको छ ।
शिक्षक न्यौपानेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौँ आरोपपत्र दायर गरिएको छ ।



