पढाइ र खेलकुद दुवैमा उत्कृष्टता लक्ष्य : युनिग्लोबको नयाँ क्रिकेट अभ्यास मैदान उद्घाटन

काठमाडौँ /५ जेठ – नयाँ बानेश्वर, काठमाडौँमा अवस्थित युनिग्लोब प्रिमियर स्कुल/कलेजमा निर्माण गरिएको क्रिकेटको नेट अभ्यास मैदानको अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हरमीत सिंहद्वारा उदघाट्न भएको छ । हरमीत सिंह अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी हुन् । उनले एनपिएलमा सुदूरपश्चिम रोयल्सबाट पनि टि२० म्याच खेलेर उत्कृष्ट खेलाडीको रुपमा प्रदर्शन गरेका थिए ।


नेपालको शैक्षिक क्षेत्रमा उत्कृष्ट पहिचान बनाउदै आएको युनिग्लोब कलेजले विद्यार्थीहरुको अध्ययनमा उत्कृष्टता हासिल गर्दै अतिरिक्त क्रियाकलापको रुपमा खेलकुदलाई पनि उच्च प्राथमिकता दिएको छ । कलेजमा फुटसल, बास्केटबल खेल्न मैदान सहित क्रिकेटलाई पनि प्रवर्धन गर्ने उद्देश्यले विद्यार्थीका लागि अभ्यास गर्न यसको निर्माण गरिएको कलेजले जनाएको छ ।


सन् २००९ मा स्थापना भएको युनिग्लोब कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालकै प्रतिष्ठित शिक्षण संस्थामध्ये एक हो । यस कलेजमा बिसिएसआईटी, बिबिए, बिबिए फाईनान्स्, एमबिए तथा एमबिए फाईनान्स् लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन भईरहेको छ । आधुनिक शिक्षण पद्धति, अनुभवी प्राध्यापक तथा विद्यार्थी केन्द्रित शिक्षण प्रणालीका कारण युनिग्लोब कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ ।


साथै यसै शैक्षिक सत्र २०८३ देखि युनिग्लोब कलेजको स्वामित्वमा रहेको युनिग्लोब प्रिमियर स्कुल/कलेजमा +२ विज्ञान तथा व्यवस्थापन तर्फका कार्यक्रमहरुमा नयाँ भर्ना सञ्चालन भइरहेको छ ।


कलेजका अध्यक्ष डा.नर बहादुर बिष्टले विद्यार्थीहरुलाई पढाईसँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा समेत बहुआयामिक पद्धतिबाट विकास गर्ने मुख्य उद्देश्य रहेको बताए ।


हरमीत सिंहले युनिग्लोब कलेजले क्रिकेट जस्तो विश्वव्यापी रुपमा लोकप्रिय खेललाई प्रोत्साहन दिएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहको पनि उपस्थिति रहेको थियो ।