विश्वस्तरीय कुमोन सिकाई पद्धति नेपालमा

काठमाडौँ /१ साउन – आज भन्द करिब ६५ वर्ष पहिला एक जापानी गणित शिक्षकले आफ्नो छोराको लागि तयार पारिएको व्यक्तिगत सिकाइ पद्धति जसलाई कुमोन सिकाई विधिको नामले विश्वभर परिचित छ । नेपालका लागि आधिकारिक व्यावसायिक प्रतिनिधि आइजिसी बिजिनेश होल्डिंग प्रा।लि। ले प्रारम्भिक चरणमा दुई ओटा निजि विद्यालयहरू एल.आर.आइ. स्कुल कलंकीको कक्षा ३ र ४ का ३ सय ६७ विद्यार्थीहरू र युनाइटेड विद्यालय, ग्वार्को का कक्षा ४ का २ सय ६० विद्यार्थीहरू गरि जम्मा ६ सय २७ जना विद्यार्थीहरूले यो डिजिटल कुमोन पद्धति अभ्यास गरिरहेका छन् ।


प्रत्येक विद्यार्थीहरू विशेष हुन्छन । सबैमा आ–आफ्नै सिक्ने क्षमता हुन्छन र व्यक्तिपिच्छे सिक्ने क्षमता फरक हुन्छन भन्ने मान्यताका साथ विकसित यो सिकाई पद्धति, तालिम प्राप्त शिक्षक विना नै व्यक्तिगत रूपमा आ–आफ्नै लयमा सकिने पद्धति हो । जुन अहिले अमेरिकाको प्रत्येक राज्यहरूमा, युरोपका प्राय सबै देशहरू, जापानका सबै टोल टोल र एसियाका विभिन्न मुलुकहरू गरी विश्वभरका ६५ देशहरूमा सफलतापूर्वक सञ्चालनमा रहेकाछन् ।


एलआरआई स्कुलका प्रिन्सिपल डा। देवकान्त जोशीले कुमोनसँगको आफ्नो अनुभव यो दोस्रो बर्ष रहको र दैनिक ३० मिनेटको कुमोन कक्षाले अप्रत्याशित रूपमा उनीहरूको स्वयम् अध्ययन गर्ने बानी र व्यवहारमा महत्वपूर्ण परिवर्तन ल्याएको डा। जोशीले बताए । बिद्यार्थीहरूको पढाई प्रतिको लगाव, अभ्यास गर्ने र विषयवस्तुमा केन्द्रित हुने बानी ब्यहोरामा आएको परिवर्तनहरू कुमोनको सकारात्मक प्रभाव रहेको अनुभव सुनाए ।


त्यस्तै गरी, युनाइटेड स्कुलका प्रिन्सिपल मनोज विश्वकर्माले पनि कुमोन एक अद्वितीय स्वयम्– सिकाइ, विद्यार्थी केन्द्रित शैक्षिक विधि भएको र नेपाल जस्ता देशहरूको लागि धेरै प्रभावकारी छ । यसले हाम्रा विद्यार्थीहरूमा पार्ने सकारात्मक प्रभाव देखेर हामी उत्साहित छौँ,“विश्वकर्माले भने । हाल नेपाल भ्रमणमा रहेका कुमोन एजुकेशन कम्पनी लिमिटेड, जापानका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउले भने, नेपालमा कुमन शिक्षा कार्यक्रम सुरु गर्न पाउँदा हामी धेरै गर्व गछौँ । हामी विश्वास गर्छौ कि यसले यहाँका धेरै भन्दा धेरै विद्यार्थीहरूलाई स्वतन्त्र रूपले आफ्नै लयमा स्वयम् सिक्ने सीपहरू बढाएर, सोच्न सक्ने क्षमताको अभिवृद्धि, समस्याहरूको समाधान गर्ने क्षमताको विकास हुनुका साथै जीवन जिउने कलाको विकास गर्नेछ ।


आईजीसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामाका अनुसार नेपालमा गुणस्तरीय शिक्षा दिने उदेश्यले शिक्षक गुणस्तर अभिवृद्धि सम्बन्धी तालिमहरू, शिक्षा नीतिहरू तथा पाठ्यक्रम, पाठ्यपुस्तकमा हेरफेर, कसरी सजिलै बुझ्ने र स्मरण गर्न सकिन्छ भन्ने खालका विभिन्न शिक्षण विधिहरूको प्रयोग गरिरहेको पाइन्छ । तर कहिले पनि विद्यार्थीहरूको दिमागी तालिमको व्यवस्था अर्थात् विद्यार्थीहरूको दिमाग अभिवृद्धि सम्बन्ध तालिमहरू सञ्चालन गरिएको पाइदैन । अझ भनौ, यो सम्बन्धी सोचाईसम्म आएको पाईदैन ।


कुमोन मात्र यस्तो विधि हो जुन विद्यार्थीको दिमागलाई कसरी पढेको कुरा सम्झिने भन्दा पनि दिमागलाई कसरी प्रयोग गर्ने भन्ने सिकाउछ । भर्खरैको एसईई नतिजाले के देखाउछ भने अब शिक्षकलाई तालिम होइन विद्यार्थीको दिमागलाई कसरी सक्षम बनाउने भन्ने दिमागी तालिमको आवश्यकता छ जुन कुमोन विधि हो । जम्मा २ देखि ३ वर्ष अभ्यास गरे पुग्ने यो विधिले दिमागलाई कसरि प्रयोग गर्ने भन्ने सिकाउँदछ । साथै विद्यार्थीको आइक्यु स्तरमा सुधार र दिमागको अपरेटिङ सिस्टमलाई छिटो गर्न मद्दत गर्छ “ लामाले भने ।


यसको आर्को राम्रो पक्ष भनेको विद्यार्थीको दैनिक सिकाई क्रियाकलापको मूल्याङ्कन गर्नु रहेकोछ । प्रत्येक विद्यार्थीको दैनिक सिकाई क्रियाकलापमा दिमागको प्रयोग कसरी भैरहेको छ ठिक ढंगले भएको छ वा छैन जस्ता मूल्याङ्कन एआइको माध्यमले कुमोन कर्मचारीसम्म पुग्दछ र त्यसको प्रतिक्रिया प्रशिक्षकलाई दिनेछ र सोही अनुसारको निर्देशन गरी दिमागी प्रयोगमा सुधार गर्दै लगिनेछ । आईजीसी बिजनेस होल्डिङले नेपालमा कुमोनको पहुँच सबैमा होस् भन्ने उदेश्यले सरकारी तथा निजि दुवै विद्यालयहरूमा विस्तार गर्ने योजना रहेको उनले बताए ।


उनले भने “हुन त कुमोन शिक्षा महँगो धनीका छोराछोरीको लागि भन्ने गरिन्छ । विकसित देशहरु जस्तै अमेरिकामा प्रति महिना प्रति विद्यार्थी ९० डलर तिर्नु पर्छ । नेपालमा एकदमै सरल मूल्यमा यो सेवा उपलब्ध गराएको छ । डिजिटल (ट्याब्लेट) प्रविधिमा आधारित भएकोले विद्यालयले आफ्नो विद्यालयलाई डिजिटल युगमा विस्तार गरिनेछ भने विद्यार्थीहरूले आफ्नो समयमा आएको प्रविधिको सदुपयोग गर्न पाउनेछ ।”