विद्यालय शिक्षा सम्बन्धी विधेयकमाथिको छलफल समितिले अघि बढाउने


काठमाडौँ /१ साउन – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रोकिएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमाथिको छलफल अघि बढाउने भएको छ । समितिले विधेयकमाथि पुनः छलफल अगाडि बढाउने भएको हो ।


विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ताहरू छलफल गर्न समितिले बुधवार बिहान ११ बजे बैठक राखेको छ ।


गत वर्ष भदौ २७ मा प्रतिनिधि सभामा दर्ता भएको विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा रहेको छ । साथै १५२ जना सांसदले विधेयक संशोधन प्रस्ताव दर्ता गराएका छन् ।