नेशनल प्याब्सन भक्तपुरको एसईई अभिनन्दन कार्यक्रम सम्पन्न

भक्तपुर/१ साउन – नेशनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरूबाट २०८० को एसईई परीक्षामा सम्मिलित भइ जिपिए ४ सहित उत्तीर्ण भएका सबै विद्यार्थीहरूलाई बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक नन्दलाल पौड्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरको हो ।


कार्यक्रममा शतप्रतिशत उत्तीर्ण नतिजा ल्याउने ईमेज स्कुल, युनिटी स्कुल, सरस्वती शिक्षा सदन स्कुल, ईडेन गार्डेन स्कुल र आरक्षण नेशनल स्कुललाई प्रशंसा पत्र प्रदान गरिएको थियो । एसईई नतिजामा बढी उत्तीर्ण गराउन सफल विद्यालय क्वालिटी स्कुल, साइनिगँ स्कुल, डेमोस स्कुल, मदरल्याण्ड स्कुल, ग्लीटर फ्युचर स्कुल, विमल मेमोरियल स्कुल, पारिजात विद्याकुन्ज स्कुल, क्रियटिभ स्कुल, सेन्ट जोन स्कुल, सेकरिट हार्ट स्कुल, रुबी भ्याली स्कुल र हिमशिखर स्कुललाई उत्कृष्ट नतिजाको लागि प्रशंसा पत्र प्रमुख अतिथिद्वारा प्रदान गरिएको थियो ।


साथै सदस्य विद्यालय युनिटी स्कुलका आशिष् थापा क्षत्रीले २०८० को एसईईमा ४ जिपिए ल्याउन सफल भएकोमा संस्थाद्वारा सम्मान पत्र प्रदान गरी अभिनन्दन गरिएको थियो । यसै गरी नेशनल प्याब्सन भक्तपुरका सदस्य विद्यालयहरू मध्ये २०८०, कक्षा ८ को आधारभूत तह (बिएलई) मा उत्कृष्ट जिपिए ल्याउने मदरल्याण्ड स्कुल, ईडेन गार्डेन स्कुल, डेमोस स्कुल, विमल मेमोरियल स्कुल, सेन्ट जोन स्कुल र युनिटी स्कुलका १२ जना विद्यार्थी र स्कुललाई प्रशंसा पत्र एवं अभिन्नदन गरिएको थियो ।


नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले २०७२ मा ग्रेडिगं सिस्टम सुरु भएपछि एसईईमा नपढे नि उत्तीर्ण भइन्छ भन्ने मानसिकता विद्यार्थी, शिक्षक र अभिभावकलाई पर्न गएको र कुनै पनि विद्यार्थीले कक्षा दोहोराउन नपर्ने भन्ने भ्रमले गर्दा समग्र देशभरकै २०८० को एसईई मा २०७८ मा निर्णय भएको अक्षराकं पद्धति अनुसार एनजी आउने सिस्टमले ५०% भन्दा कम उत्तीर्ण भएको बताए । उनले आगामी दिनमा विद्यार्थी, शिक्षक लगाएत सबै सरोकारवाला पक्षहरूले उत्कृष्ट नतिजाको लागि भूमिका खेल्नु पर्ने धारणा राखेका थिए ।


परीक्षा नियन्त्रक नन्दलाल पौड्यालले विद्यार्थीहरूलाई आफूले सक्ने विषय मात्रै कक्षा ११ मा पढ्न आग्रह गर्दै नेशनल प्याबसन भक्तपुरले विद्यार्थीलाई हौसला दिने र स्कुल एवं शिक्षकहरूलाई प्रोत्साहन गर्ने गरी एसईई बधाई तथा अभिन्नदन कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गरे ।


उनले उत्कृष्ट नतिजाको लागि शिक्षकहरूले पाठ्यक्रम र विद्यार्थीहरूको क्षमतालाई समेत ध्यानमा राखी आफ्नो सक्षमता देखाउनु पर्ने र मिहिनेत गर्नु पर्नेमा जोड दिए । सूर्यविनायक नगरशिक्षा शाखा प्रमुख रत्न बहादुर कटवालले नेशनल प्याव्सन भक्तपुरले गरेको कार्यक्रमको प्रशंसा गर्दै एसईई उत्तीर्ण विद्यार्थीहरूलाई नेपालमा नै बस्ने र पढ्ने सोच बनाई अगाडि बढ्न सुझाव दिए । अर्का अतिथि चाँगुनारायण नगरशिक्षा शाखा प्रमुख दिनेश अर्यालले विद्यार्थी एवं विद्यालयले आगामी दिनहरूमा अझ मिहिनेत गर्नमा यस्तो कार्यक्रमले ठूलो भूमिका खेल्ने भनाई राखे ।


कार्यक्रममा नेशनल प्याव्सन केन्द्रीय सह कोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का, बागमती प्रदेश सह कोषाध्यक्ष साँधुराम गैडा, मिडभ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्लभ लगाएतले बधाई तथा शुभकामना दिएका थिए ।