रुपन्देही/२० असार – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसईईको पूरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गरिने बताएका छन् । अनेरास्ववियुले एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
ओलीले विषयगत शिक्षकहरुबाट विद्यार्थीहरुको सहजतालाई ध्यान दिँदै मुख्य विषयमा एसईई पूरक परीक्षाको अनलाइन कक्षाको व्यवस्था गरिने बताए ।उनले अनलाइन कक्षा लिनको लागि केपी शर्मा ओलीको फेसबुक पेजमा जोडिनुपर्ने बताए ।
त्यसैगरी धेरै विद्यार्थीहरू अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा फेल भएकोले तीनै विषयहरुको अनलाइन कक्षा सञ्चालन गरिने बताए ।



