साउन २३ गतेदेखि एसईई मौका परीक्षा

काठमाडौँ /१६ असार – राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा आगामी साउन २३ गतेदेखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो ।


बोर्डले परीक्षा तालिका भने सोमबार सार्वजनिक गर्ने जनाएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरे पछि मौका परीक्षा आगामी साउन २३ गतेदेखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने भएको छ ।