विद्यालय शुल्कको विषय शिक्षा समितिमा पेचिलो बन्दै

काठमाडौँ /१३ बैशाख – नेकपा एमालेकी नेता तथा सांसद विद्या भट्टराईले सामुदायिक विद्यालयको शुल्कको विषय पेचिलो बन्दै गएको बताएकी छन् । बन्दै गरेको विद्यालय शिक्षा ऐन बारे शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा छलफल भइरहेको बताउँदै शुल्कको विषय पेचिलो बन्दै गएको बताएकी हुन् ।


बुधवार एनसिई नेपालले आयोजना गरेको सार्वजनिक शिक्षामा रूपान्तरण किन र कसरी ? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षा समितिमा शुल्कको विषय उठ्ने गरेको र निःशुल्क शिक्षाका बारेमा सबैको एक मत भएपनि विषय पेचिलो बन्दै गएको बताइन । उनले भनिन् “निःशुल्क शिक्षाका बारेमा कुरा उठेपनि राज्यले शुल्क लिनेकी नलिने भन्ने विषय समितिमा पेचिलो बन्दै आएको छ । तर, निःशुल्क शिक्षाका सवालमा सबैको एक मत रहेकोले यो पारित हुन्छ ।”


साथै निजी विद्यालयहरूलाई केही समयपछि गुठीमा लाने विषयमा धेरै असहमति नभएको बताइन । भट्टराईले विद्यालय शिक्षा विधेयक माथि हालिएको संशोधनमा सबैको एउटै समय नभएको बताउँदै कहीलेदेखि गुठीमा जानुपर्ने त्यसलाई निर्धारण गर्नुपर्ने धारणा राखेकी थिइन । उनले निजी विद्यालयहरूको सम्पत्तिको सुरक्षाका बारेमा कसरी लैजाने भन्ने कुरामा छलफल भइरहेको बताइन ।


त्यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समितिको भूमिका र प्रधानाध्यापकलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भईरहेको उनको भनाई थियो ।