सिकाइ मूल्याङ्कन सम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौँ /१३ माघ – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन तथा सेन्ट लरेन्स स्कुलको सहकार्यमा पाठ्यक्रम म्यापिङ र लेसन प्लानिङ विषयमा कार्यशाला सम्पन्न भएको छ । पाठ योजनामा सहभागीले सिक्न आवश्यक पर्ने कुराहरू, निर्देशनका विधिहरू, र सिकाइको मूल्याङ्कन कसरी गर्ने भन्ने उदेश्यले कार्यशाला तथा अन्तरक्रियाको आयोजना गरिएको हो ।


पाठ योजनाहरू शिक्षकहरूको लागि जुन सुकै विषयको बारेमा निर्देशन दिँदा पालना गर्नको लागि मार्गदर्शक सामग्री हुने भएकोले स्कुल र कलेजका सम्पूर्ण शिक्षकको सक्रिय सहभागिता रहेको थियो ।


ब्लुम्स ट्यक्सोनोमिका सिद्धान्त देखि शिक्षण प्रक्रियामा सरकारले तोकेका शिक्षा शास्त्रका गाइड लाइनलाई कसरी पठनपाठनमा लागु गर्ने, पाठयोजना कसरी तयार पार्ने, नया प्रविधिलाई कसरी सिकाई र शिक्षणमा प्रयोग गर्ने , उपलब्ध स्रोत साधनलाई कसरी शैक्षिक सामग्रीमा ढाल्ने इत्यादि जस्ता विषयमा केन्द्रित रहेर कार्यशाला सम्पन्न भएको थियो ।


काठमाडौँ विश्वविद्यालयकी रमिला सुवेदीले सहजीकरण गरेको उक्त कार्यक्रममा विभिन्न शिक्षकसँग अन्तरक्रिया समेत गरिएको थियो ।