सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक र प्रयोगात्मक शिक्षामा केन्द्रीत एपेक्स लाइफ स्कुल

काठमाडौँ /१० माघ – एपेक्स लाइफ स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासको पक्षलाई ध्यान दिदै पठनपाठन गर्दै आएको जनाएको छ । २१ औँ शताब्दीको शिक्षण सिकाईसँगै विद्यार्थीले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने गरी पठनपाठन गर्दै आएको जनाएको हो ।


विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक र प्रयोगात्मक शिक्षामा केन्द्रीत रहेर देश तथा विदेशका विभिन्न क्षत्रेमा शैक्षिक अवलोकन भ्रमणमा लगिने विद्यालयको भनाई छ । विद्यालयका प्राचार्य प्रद्युम्न पौडेलले यो वर्ष २० जना विद्यार्थीलाई अमेरिकाका विभिन्न क्षेत्र र शैक्षिक संस्थाहरूमा शैक्षिक अवलोकन भ्रमणमा लगिने जानकारी दिँदै यसले विद्यार्थीलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न, सञ्चार गर्न, समालोचनात्मक र विश्लेषणात्मक तरिकाले सिक्ने अवसर प्रदान गर्ने बताए ।


उनले भने “विद्यार्थीले कुनै पनि कुराको सिकाई प्रत्यक्ष सहभागितामा अनुभव गरेर सिक्न सक्छन । त्यसैले यो वर्ष अमेरिकामा शैक्षिक अवलोकन भ्रमणमा लगिएको हो । त्यसले विद्यार्थीमा संस्कृतिको आदान प्रदान, विकासका नमुना अवलोकन गर्नुका साथै विश्वव्यापी रूपमा प्रख्यात विभिन्न क्षेत्रहरूको अवलोकन गर्नेछन् ।”


अमेरिकाको शैक्षिक अवलोकन भ्रमणमा जाँदै गरेकी कक्षा ८ की छात्रा निर्जला न्यौपानेले एपेक्स लाइफ स्कुलले यसरी अवलोकन लागि शैक्षिक भ्रमणमा लैजादा धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको बताइन । उनले यसरी आफूले सिकेको ज्ञानलाई आफ्नो पढाई पुरा भएपछि व्यवहारमा प्रयोग गरेर देश विकास गर्ने रहर भएको बताइन । अर्की कक्षा ९ की छात्रा वितिषा मैनालीले शैक्षिक अवलोकन भ्रमणमा लैजादा आफूलाई निकै खुसी लागेको बताउँदै त्यहाँ आफूले अनुभव गरेको देखेको र सिकेको कुरालाई जीवनमा लागु गर्ने बताइन । हाम्रो देशमा प्राकृतिक सुन्दता भएको र अमेरिका टेक्नोलोजीमा विकसित भएकोले त्यहाँ टेक्नोलोजी नेपालमा प्रयोग गरेर विकास लागि लाग्ने रहर भएको उनको भनाई थियो । त्यस्तै कक्षा ८ का छात्र सत्यम् कार्कीले विदेशमा कसरी विकास भयो र त्यो कुरालाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने लगायतका कुरा सिक्न, देख्न र अनुभव गर्न जिज्ञासा भएको बताए ।


विद्यालयले यसभन्दा अगाडी देशका विभिन्न क्षेत्र लगायत चिन र भारतका विभिन्न प्रान्तका विद्यालय तथ विश्वविद्यालयमा शैक्षिक अवलोकन भ्रमणमा लाने गरेको थियो ।