‘अमेरिका–क्यानाडा एड्मिसन डे–२०२४’ को आयोजना गर्दै रोयल एजुकेसन

काठमाडौँ /१० माघ – काठमाडौँको बनेश्वरमा रहेको रोयल एजुकेसन फाउन्डेसनले ‘अमेरिका–क्यानाडा एड्मिसन डे–२०२४’ को आयोजना गर्ने भएको छ । उच्च शिक्षा अध्ययनका लागि अमेरिका–क्यानाडा जान चाहाने विद्यार्थीहरूलाई जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाएको हो ।


एड्मिसन डेमा विद्यार्थी तथा अभिभावकलाई अमेरिका र क्यानडाका विभिन्न विश्वविद्यालयहरूको बारेमा उपलब्ध कोर्स, ट्युसन फी, लाग्ने लागत, भिसा प्रोसेस लगायतका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजन गरिएको फाउन्डेसनका प्रबन्ध निर्देशक विष्णु हरी पाण्डे बताएका छन् । उनले एड्मिसन डेमा अमेरिका र क्यानाडाका विश्वविद्यालयहरूका प्रतिनिधिहरूको पनि सहभागी हुने जानकारी दिए ।


उनले भने ‘एड्मिसन डेमा अभिभावक र विद्यार्थीहरूले एकै ठाउँ, एकै समयमा धरै भन्दा धेरै कलेजहरूको बारेमा बुझ्न पाउनेछन् । साथै विश्वविद्यालयका कार्यक्रम, ट्युसन फी, रिक्वायरमेन्ट आदिका कुराहरू प्रतिनिधिहरूबाट बुझ्न सक्नेछन् ।’


कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न अफरहरू समेत पाउनेछन् । लक्की ड्र मार्फत भाग्यशाली विद्यार्थीहरूले अमेरिका र क्यानाडा जानका लागि आवश्यक तयारी कक्षामा भारी छुट, स्काइवाक टिकेटका साथै विभिन्न आकर्षक उपहारहरू पाउनेछन् । कार्यक्रम आगामी शुक्रवार बिहान १० बजे सुरु भएर साँझ ५ बजे सम्म रोयल एजुकेसन फाउन्डेसनको कार्यालयमा सञ्चालन हुने छ ।