उच्च शिक्षा विधेयकको प्रस्तावित मस्यौदामा सुझाब माग (मस्यौदा सहित)

काठमाडौं/९ माघ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सुझाब माग गरेको छ । उच्च शिक्षालाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन विधेयक तयार गरिएको भन्दै सरोकारवालहरुसँग सुझाब माग गरेको हो ।


मन्त्रालयले विधेयक सम्बन्धी सुझाब पन्ध्र दिनभित्र उपलब्ध गराइदिन शिक्षा प्रेमी, विद्वान वुद्धिजीबि, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी, विद्यार्थी, राजनितिक दलमा आवद्ध महानुभावहरु, सरकारी ÷सार्वजनिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवस्थापक, उद्धमी तथा शिक्षासँग सरोकार राख्ने सम्बन्धित सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आफ्नो वेवसाईटमा फारमको ढाँचा पनि सार्वजनिक गरेको छ ।


विधेयकको मस्यौदामा विश्वविद्यालयहरु सञ्चालनका लागि मुलुकको उच्च शिक्षा व्यवस्थापनका गरी उच्च स्तरिय मानव संशाधनको आवश्यकता परिपूर्तिका लागि उच्च शिक्षाको नियमक निकायका रुपमा उच्च शिक्षा आयोग रहने प्रस्ताव रहेको छ ।


यहाँबाट हेर्नुहोस विधेयकको मस्यौदा मस्यौदा :