काठमाडौँ /२ माघ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने जनाएको छ । माघ १५ गते सोमवार देखि आवेदन अनलाइनबाटै दिन मिल्ने जनाएको हो ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय परीक्षा संचालक समितिको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरू द्वारा ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन यही माघ १५ गते सोमवार देखि संचालन गर्ने निर्णय गरेको छ । साथै अनलाइन माध्यमबाट रकम भुक्तानीको सुविधा सहित कार्यान्वयनमा ल्याइन लागेको जनाएको छ ।
विश्वविद्यालयले सो को कार्यान्वयन विधि सहित विस्तृत जानकारी विश्वविद्यालयको www.tuexam.edu.np मा यही माघ १० गतेका दिन प्रविष्ट गर्ने भएको छ ।


