विद्यालय कर्मचारी र इसिडी शिक्षकसँग भएको सम्झौता पूर्ण कार्यान्वयन हुनुपर्छ

काठमाडौँ /१ माघ – नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले इसिडी र विद्यालय कर्मचारीहरूको पारिश्रमिक बढाउनु पर्ने बताएका छन् । सरकार र सरोकारवालासँग भएको सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने धारणा राख्दै पारिश्रमिक बढाउनु पर्ने बताएका हुन् ।


राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले सरोकारवालासँग छलफल नै नगरी विधेयक आएकाले विवाद बढेको बताएका छन् । विधेयक प्रति सामुदायिक विद्यालयका शिक्षक, प्रारम्भिक बालविकासका शिक्षक, सामुदायिक विद्यालयका कर्मचारी र निजी विद्यालयहरूको असहमति रहेको बताउँदै छलफल नै नगरी विधेयक आउँदा विवाद बढेको उनको भनाई थियो ।


उनले सामुदायिक विद्यालय सुधार गर्नुपर्ने बताउँदै सामुदायिक विद्यालय सुधारका लागि पूर्वाधार, पाठ्यक्रम, पुस्तकालय, प्रयोगशाला, कार्यशाला र दक्ष जनशक्ति लगाएतको व्यवस्थापन गर्नुपर्ने बताए । साथै शिक्षामा २०५ लगानी गर्न कानुन बनाएरै जानुपर्ने धारणा राखे ।