एक साथ ९६ हजार ८ सय २३ नवनियुक्त शिक्षकलाई नियुक्ति पत्र

पटना/२९ पुस – बिहारका मुख्यमन्त्री नीतिश कुमारले एकैपटक २६ हजार ९ सय ३५ जना शिक्षकलाई नियुक्ति पत्र वितरण गरेका छन् । शनिबार पट्नाको गान्धी मैदानमा एकै पटक धेरै शिक्षकलाई नियुक्ति पत्र वितरण गरेका हुन् ।


बिहारका मुख्यमन्त्री नीतिश कुमारले गान्धी मैदानमा २६ हजार ९ सय ३५ जना समेत गरेर राज्यभरमा एक साथ ९६ हजार ८२३ जना नवनियुक्त शिक्षकलाई नियुक्ति पत्र दिएका थिए । शनिबार बीपीएससीको परीक्षा उत्तिर्ण भएकाहरुमध्ये २६ हजार ९३५ जनालाई नीतिश कुमार आफैँले नियुक्ति पत्र दिएका थिए । अन्य ८५ हजार जनालाई भने अन्य मन्त्रीहरुले नियुक्ति पत्र दिएका थिए ।


सन् २०२३ को नोभेम्बरदेखि सन् २०२४ को जनवरीको बिचमा सवा २ लाख शिक्षकहरुलाई नियुक्ति पत्र दिने बिहार भारतको पहिलो राज्य बनेको छ भने बिहार लोक सेवा आयोगले सवा २ लाख जना शिक्षकलाई नियुक्ति दिएर रेकर्ड बनाएको छ । समाचर र फोटो आजतकबाट लिइएको हो ।