काठमाडौँ /२३ पुस – त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको छ । यस भन्दा अगाडि निकालिएको सूचनाको मापदडमा विवाद आएपछि विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०“ बमोजिम उम्मेदवार छनोटका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक र योग्य व्यक्तिले माघ ७ गते भित्रसम्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र उक्त कार्यविधिको अनुसूचीमा रहेको दरखास्तको ढाँचामा दरखास्त पेस गर्नुपर्ने जनाएको छ ।



