स्वास्थ्यमन्त्री बस्नेतले भने : गेटा मेडिकल कलेज विश्वविद्यालय बन्ने प्रक्रियामा अघि बढ्ने

धनगढी/१५ पुस – गेटा मेडिकल कलेज विश्वविद्यालय बन्ने प्रक्रिया अघि बढ्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । गेटामा तीन सय शय्याको अस्पताल सञ्चालनमा आएपछि विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढ्ने बताएका हुन ।


आइतबार गेटा मेडिकल कलेजको स्थलगत निरीक्षण गर्दै अहिले १०० शय्यामा सञ्चालनमा रहेको कलेज तीन सय शय्यामा सञ्चालन आएपछि विश्वविद्यालय बनाउन उनले बताएका छन् ।


‘‘तीन सय अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव हुन्छ, हामी गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न लागिपरेका छौँ ।’’ उनले भने । साथै सुदूरपश्चिम प्रदेशमा चिकित्सक आउन नमान्ने गरेका कारण जनशक्ति व्यवस्थापनको काम चुनौतीपूर्ण रहेको बताँदै तीन सय शय्याको अस्पताल सञ्चालन गर्न कठिनाइ भइरहेको बताए ।