स्कुल रग्वी कमिसन बागमती प्रदेशको अध्यक्षमा गौतम

काठमाडौँ /१५ पुस – स्कुल रग्वी कमिसन बागमती प्रदेशको दोस्रो अधिवेशनले राम प्रसाद गौतमलाई अध्यक्ष पदमा चयन गरेको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले गौतमलाई चयन गरेको हो ।


गौतम यसभन्दा अगाडि स्कुल रग्वी कमिसन बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष थिए । केन्द्रीय अध्यक्ष दीपक अधिकारी विशेष अतिथि रहेको उक्त अधिवेशनमा जोसेफ स्कुलको सभाहलमा आइतवार सम्पन्न भएको थियो ।


साथै वरिष्ठ उपाध्यक्षमा नारायण बाबु तिमल्सिना, उपाध्यक्षमा पुष्पराज सिम्खडा, बाबुराम गौतम रहेका छन् भने सचिवमा दिनेश खतिवडा, सहसचिवमा निशान गौतम, कोषाध्यक्षमा वसन्त अर्याल, सह कोषाध्यक्षमा जीवन राज पन्थी, सदस्यमा विमल अधिकारी र दिलीप रेग्मी चयन भएका छन् ।