बर्दिया /१३ मंसिर – यिनी हुन् युना थारू । यिनी कक्षा चारमा पढ्छिन् । विद्यालयको वार्षिकोत्सवमा थारू पहिरनमा सजिएर आएकी छिन् । उनलाई थारू पहिरन लगाउन निकै मन पर्छ रे । युना थारू विद्यालयका शिक्षक महानन्द ढकालसँग थारू पहिरनका बारेमा कुरा गर्दै छिन् ।
२०२६ सालमा स्थापना भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुर बर्दियाले स्थानीय पाठ्यक्रमको मर्म अनुसार स्थानीय भाषा, कला र संस्कृतिको जानकारी सहित महत्व दर्साउन हरेक महिना स्थानीय संस्कृति झल्कने पहिरनमा विद्यार्थीहरूलाई बोलाउने गरेको छ ।

तस्विर : महानन्द ढकाल



