नवलपरासी /१४ मंसिर – लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान २०८० को अवसरमा “ लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालिकामा लगानीको ऐक्यबद्धता“ नारा सहित राम्रो छुवाई र नराम्रो छुवाई सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
कावासोती नगरपालिका वडा नं १ रिठ्ठेपानी अन्तर्गत रहेको जनकल्याण माध्यमिक विद्यालयमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलान स्विजरल्याण्डको सहयोग, कावासोती वडा नं १ को कार्यालय, विद्यालय र विद्यालय स्तरको बाल क्लबको समन्वयमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा सहभागी बालबालिकाहरूलाई हिंसा तथा दुर्व्यवहार भनेको के हो रु राम्रो छुवाई र नराम्रो छुवाई भनेको के हो रु हिंसा तथा दुर्व्यवहार कहाँ कहाँ, को बाट र कसरी हुन्छ रु, हिंसा तथा दुर्व्यवहार पर्यो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ र हटलाईन नम्बरहरू केके हुन् रु हिंसा र दुर्व्यवहारबाट कसरी सुरक्षित हुने र उपायहरू केके हुन सक्छन् रु भन्ने विषयमा छलफल हुनुका साथै किशोरीहरू र सहभागी शिक्षिकाहरू बिच विभिन्न परिस्थिति र समयमा आफूमा हिंसा पर्दाको अनुभवहरू समेत आदानप्रदान गरेका थिए ।
कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सामाजिक परिचालक राधा देवी बोटेले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सचेतनामूलक कार्यक्रम गर्नुको उदेश्य तथा वर्तमान समयमा महिला र बालबालिकाको तथ्यांक र नेपालमा हिंसाको अवस्थाको बारेमा जानकारी दिइन ।
सो कार्यक्रम विद्यालय स्तरीय बाल क्लबका अध्यक्ष निर्मला गेलाङ मगरको सभाध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशा गैरे ब्लोनको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा शिक्षिका शकुन्तला पराजुली र सुस्मा पाण्डे, विद्यालय बाल क्लबका अन्य सदस्यहरू, किशोरीहरू, साथी शिक्षकहरू र सहजकर्ता राधा देवी बोटेको उपस्थितिमा भएको थियो । कार्यक्रमको सहजीकरण कावासोती नगरपालिकामा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रमका किशोरी अभियन्ताहरू प्रतीक्षा वि।क। र प्रकृति अर्यालले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले म हिंसा गर्दीन, गरेको पनि सहन्न, हिंसा गरेको पाएमा उजुरी गर्नेछु भन्ने ऐक्यबद्धता सहित प्रतिबद्धता व्यानरमा हस्ताक्षर समेत गरेका छन् । उक्त कार्यक्रममा ५५ जना किशोरी, ६ जना शिक्षक गरि ६१ जनाको सहभागिता रहेको थियो ।



