भूकम्प पीडितलाई इक्यानको ३ लाख सहयोग

काठमाडौँ /२० कार्तिक – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले भूकम्प पीडितका लागि ३ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । जाजरकोट, पश्चिम रुकुम लगायतका जिल्लामा गएको भूकम्पका कारण पीडित भएकाहरूलाई उद्धार, उपचारका लागि रकम उपलब्ध गराएको हो ।


संघले आफ्नो नियमित कार्यक्रमको रूपमा मनाउदै आईरहेको चाडपर्व विशेष ‘चियापान कार्यक्रम’लाई स्थगन गरि भूकम्प पीडितलाई सहयोग गरेको जनाएको छ । साथै इक्यानका सम्पूर्ण सदस्यहरूलाई भूकम्प प्रभावित जिल्लाका जनताहरू सँग कुनै न कुनै प्रकारबाट जोडीन र सहयोग गर्न आग्रह गरेको छ ।


त्यसैगरी राष्ट्रिय विपतको घडीमा सबैले हातमा हात तथा साथमा साथ मिलाएर प्रभावित क्षेत्रमा राहत तथा उद्धारकार्यमा सहयोग पुर्‍याउन सबैमा आग्रह गरेको छ ।