तीर्थकुमारी स्वर्णिम साँझ मंसिर ८ गते हुने

काठमाडौँ /२० कार्तिक – वरिष्ठ लोक गायिका तीर्थकुमारी थापाको एकल साङ्गीतिक कार्यक्रम ‘तीर्थकुमारी स्वर्णिम साँझ हुने भएको छ । आउँदो मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा पहिलो तथा एकल साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको हो ।


आइतवार काठमाडौँस्थित काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल मध्य बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गर्दै आयोजकले ‘तीर्थकुमारी स्वर्णिम साँझ गर्न लागिएको जनाएको छ ।


अन्नपूर्ण चेम्बर अर्केस्ट्राको आयोजनामा हुने उक्त कार्यक्रमको सह–आयोजना काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्सट्रक्सन प्रा।लि।रहेका छन् ।


राष्ट्रिय नाचघर जमलमा २०८० मंसिर ८ गते शुक्रबार ३ः३० बजेदेखि आयोजना हुने ‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’को टिकट दर १ हजार, १ हजार ५ सय र २ हजार रहेको आयोजकले जानकारी दिइएको थियो ।