विशेष अवस्थाका शिक्षकलाई व्यवस्थापन गरिने (हेर्नुहोस निर्देशिका)

काठमाडौं /१५ कार्तिक – शिक्षा मन्त्रालयले विशेष कारणको अवस्थामा रहेका शिक्षकको व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८० सार्वजनिक गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई विशेष कारणको अवस्थामा व्यवस्थापन गर्नका लागि निर्देशिका जारी गरेको हो ।


शिक्षकलाई अन्य विद्यालयमा काम काज गर्न खटाउनु पर्ने भएकोमा त्यस्तो अवस्थाको आधार पहिचान तथा विश्लेषण गर्न विशेष कारण सम्बन्धी विषयलाई व्यवस्थित, अनुमानयोग्य वस्तुनिष्ठ र वास्तविकतामा आधारित बनाउन र न्यूनतम तथा अधिक सेवा अवधिको कारण विशेष कारणबाट प्राप्त गर्ने सुविधामा सहजीकरण गर्न तथा शिक्षकको काम काज तथा स्थानान्तरण सम्बन्धी कार्यलाई व्यवस्थित निर्देशिका बनाइएको जनाएको छ ।


साथै शिक्षा ऐन, २०२८ को दफा १९ क तथा शिक्षा नियमावली २०५९ को नियम १९२ को खण्ड (ङ) ले दिएको अधिकार प्रयोग गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो निर्देशिका बनाई लागु गरेको छ ।

यहाँबाट हेर्नुहोस निर्देशिका

https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-2061368349.pdf