नेपालमा सामुदायिक विद्यालय सुधारको मोडेल के हो ?

काठमाडौं /१५ कार्तिक – सामुदायिक विद्यालय सबलीकरणको मुद्धा लिएर अभियान सञ्चालन गरिरहँदा मेरो मनमा आइरहने प्रश्न हो : नेपालमा सामुदायिक विद्यालय सुधारको खास मोडेल के हो ? शिक्षा सुधारको नेपाली मोडेल के हो ? विद्यालय शिक्षालाई समाज र राष्ट्रसँग जोड्ने खाका के हो ? राष्ट्रको उत्पादकत्व र हरेक नागरिकको आत्मनिर्भरतासँग जोड्ने उपाय के हो ? विद्यालय सुधार गर्ने खास मान्छे को हो ?


यी प्रश्नोको सोझै जवाफ लेख्नु भन्दा पहिले हाम्रो स्थानीय तथा राष्ट्रिय आवश्यकता के हो ? वर्तमान अवस्था के हो ? धरातल के हो ? शिक्षाको राष्ट्रिय लक्ष के हो ? समयको माग के हो ? आवश्यकता तथा राष्ट्रिय लक्ष्य पुरा गर्ने हाम्रो बाटो के हो ? यी प्रश्नको उत्तर पनि सँगसँगै खोज्नु पर्दछ होला ।


माथिका प्रश्नको सम्भावित धरातललाई समेट्दै, नेपालको तत्कालीन तथा दूरगामी भविष्यलाई सम्बोधन गर्ने मोडेल के हो त ? नेपालमा कुन विद्यालय वा स्थानीय तहले यसको वास्तविक अभ्यास गरेका छन् ? यो प्रश्नको खोजीमा झन्डै ५० बढी स्थानीय तहका २,००० बढी विद्यालय चाहार्दा पनि ठ्याककै यही मोडेल नेपालका लागि उपयुक्त हो भन्ने जवाफ भेटिएन तर, केही विद्यालयमा हुँदै गरेका प्रयोग र प्रयासलाई हेर्दा केही आशावादी हुने अवस्था देखियो ।


सन् १९६५ मा लिक्वानले जर्जर र भोकमरीको अवस्थामा पुगेको सिंगापुरको नेतृत्व लिँदै गर्दा पहिलो दश वर्ष आत्म निर्भरताको लागि पाठ्यक्रम लागु गरे र जनतालाई त्यही सिकाए । दोस्रो दशक औद्योगीकरण र उत्पादनशीलतामा सहयोग पुर्‍याउने पाठ्यक्रम विकास गरे र सोही अनुरूप जनशक्ति तयार गरे १ तेस्रो दशक प्रविधिमा आधारित औद्योगिकीकरण तथा शिक्षामा केन्द्रीत गरे र सोही अनुरूपको जनशक्ति तयार गरे ! सिंगापुर सबै कुराले भरिपूर्ण बने पछि अब मानवीय संवेदनाको विकास (Social–emotional relationship) मा सिंगापुरको पाठ्यक्रम समर्पित रहेको छ ।


शिक्षा देशको आवश्यकता हो । देश त्यहाँको जनशक्तिले बनाउने हो । कुनै देशको जनशक्ति कस्तो हुने भन्ने कुरा त्यस देशको शिक्षा प्रणालीले निर्धारित गर्दछ । यस कडीमा राखेर हेर्ने हो भने हामी कहाँ छौँ ? जे गरिरहेका छौँ– त्यो पर्याप्त होला ?


चाँदनीको सेतो घेरा : गर्न चाहे सम्भव छ !

प्रधानाध्यापकको प्रतिबद्धतामा सुधार भएका विद्यालय :


प्रसँग १ :
रङको ग्रामथान गाउँपालिकामा श्री रवि आधारभूत विद्यालय छ । उक्त विद्यालयमा अध्ययनरत करिब ५०० जना विद्यार्थी सबै दलित समुदायका छन् ।प्रधानाध्यापक जितेन्द्र सरदार आफैँ दलित समुदायको भएकोले विद्यालयलाई जसरी पनि सुधार गर्नुपर्ने लक्षका साथ जुट्नु भएको उहाँले नेतृत्व लिएको केही वर्ष भित्रै ५० जना विद्यार्थी सहितको बाँसको टहरामा भएको विद्यालयलाई प्रदेशकै नमुना विद्यालय बनाउन सफल हुनुभएको छ । उहाँको विद्यालयलाई गत वर्षको कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले उत्कृष्ट व्यवस्थापन सहितको आधारभूत विद्यालय शीर्षकमा पुरस्कृत गर्यो ।


रवि आधारभूत विद्यालयका कक्षा कोठा अत्याधुनिक छन् । विद्यार्थी स्मार्ट बोर्डमा पढ्छन । कम्प्युटर ल्याब, प्लेस्टेसन, आधुनिक बालकक्षा, आरामदायी डेस्क बेन्च, लाइब्रेरी, सफा र फराकिलो शौचालय, पिउने पानीको अत्याधुनिक फिल्टर सबै विद्यालयमा छ । यो सबै यसै भएको होइन, सरकारले दिएको स्रोत साधनले यो सबै सम्भव छैन । यसका पछाडि प्रधानाध्यापकको सपना छ, लगनशीलता छ, अठोट छ !


“आफूले त पढ्न पाइयो र प्रधानाध्यापक बन्न सकियो तर, यी अबोध बालबालिकाले पढ्न पाएनन् भने यिनीहरूको भविष्य के होला ?” यही चिन्ताले उहाँलाई निरन्तर धकेलि रहन्छ । कहिले बिहान पाँचै बजे विद्यार्थीलाई ट्युसन पढाउँदै त कहिले विद्यालयको चर्पी आफैँ सफागर्दै निरन्तर लागिरहनु भएको छ उहाँ । प्रधानाध्यापकको इच्छा शक्ति भयो भने विद्यालय सुधार गर्न सकिन्छ भन्ने उदाहरण हुनुहुन्छ उहाँ !


प्रसँग २ :
श्री त्रिभुवन बाल मावि, ढोकी नवलपरासीका प्रधानाध्यापक दीपक घिमिरेले विक्रम सम्बत २०६५ सालबाट २४० विद्यार्थी सहित जिम्मेवारी लिँदा विद्यालय मर्ज हुन तयारी अवस्थामा थियो । कसैले उहाँलाई जिम्मेवारी लिने कुरामा हौसला दिएनन । तर, उहाँलाई आफू प्रति विश्वास थियो, जिम्मेवारी लिएको सुरुकै बैठकमा उहाँले शिक्षक र विव्यसका सबै छोराछोरी आफ्नै विद्यालयमा पढाउनु पर्ने नियम बनाउनुभयो । व्यक्तिगत तमसुक गरेर ब्याजमा ऋण खोजेर विद्यालय सुधारको प्रयास गर्नुभयो । पहिलो वर्षनै उहाँलाई जसरी पनि नतिजा देखाउनु थियो । त्यसकारण, दुई महिनासम्म विद्यालयमै २४ घण्टा बसेर एसईईका विद्यार्थीलाई पढाउन थाल्नुभयो । उहाँको मिहिनेत सफल साबित भयो । विद्यालय जिल्लामै दोस्रो भएर उत्साह जनक नतिजा हासिल गर्यो ।


निरन्तरको मिहिनेतले आज उहाँको विद्यालयमा हाल ११ सय बढी विद्यार्थी छन् । विज्ञान र गणितलाई सरल र सहज बनाएर कसरी सिकाउने भनेर विशेष अभियान सुरु गर्नु भएको छ । यसैका माध्यमबाट विद्यार्थीलाई युवा वैज्ञानिक बनाउने उहाँको सपना छ । यसका साथै, शिक्षामा सीप कार्यक्रम अन्तर्गत एक विद्यार्थी एक सीपको अभियानमा जुट्नु भएको छ । बाल कक्षालाई नमुना बनाउन प्रयत्नशील हुनुहुन्छ । इनपाओर डेभलपमेन्ट कार्यक्रम मार्फत बालबालिकाको चौतर्फी विकासका विभिन्न कार्यक्रम सञ्चालित छन् ।


यति मात्र होइन, बालबालिकाले उत्पादन गरेको कृषि जन्य उत्पादनको प्रदर्शनी तथा व्यापार मेला प्रवर्धनका लागि हरेक वर्ष कृषि मेलाको आयोजना पनि गर्ने गर्नु भएको छ । यो सबै सफलताको जस शिक्षक तथा कर्मचारीको समूहमा काम गर्नलाई दिने उहाँले त्रिभुवन बाल माविलाई केही वर्ष भित्रै नेपालकै नमुना विद्यालय बनाउने लक्ष राख्नु भएको छ ।


प्रसँग ३ :
विकास न्यौपानेले दुई वर्ष अगाडि मदन नगर आधारभूत विद्यालय विराटनगरको प्रधानाध्यापकको रूपमा जिम्मेवारी लिँदा विद्यालयको अवस्था खोलाको बगर जस्तै थियो । न्यून विद्यार्थी सङ्ख्या, निराश शिक्षक अनि अनिश्चित भविष्य ! यो विद्यालय विकास सरको पहिलो रोजाई बन्यो । “सबै भन्दा कमजोर र बिग्रिएको अवस्थाको विद्यालय खोजी दिनु पर्यो” भनेर साथी भाइलाई अनुरोध गर्ने उहाँले आफूले खोजेकै जस्तो विद्यालय प्राप्त गर्नुभयो ।


विद्यालयमा प्रवेश गरेसँगै उहाँले अभिभावकको घर तथा समुदाय भ्रमण गर्दै भर्ना अभियान सुरु गर्नु भयो । अनियमित विद्यार्थी विद्यालयको पठनपाठन सुधारका बाधक हुन् भन्ने उहाँले अभियान सुरु गरेको केही हप्तामै भनेजति विद्यार्थी भेला गर्नुभयो । संस्थागत विद्यालय भन्दा उत्कृष्ट पठनपाठन गराउने प्रतिबद्धताका साथमा शिक्षक तथा सामाजिक अगुवा सहित टोल र समुदायमा पुग्नु भएको उहाँलाई अभिभावकले पत्याए ।


अब विद्यार्थी राख्ने ठाउँको अभाव भयो । जसरी पनि विद्यालय सुधार गरेरै छोड्ने उहाँको दृढ संकल्पको अगाडि सरकारले पनि करिब ५० लाखको लागत भएको चार कोठे भवन दिएर सहयोग गर्यो । विभिन्न दाता र सहयोगी खोजेर उहाँले स्मार्ट बोर्ड, श्रव्य दृश्य हल, इलाईब्रेरी, कम्प्युटर ल्याबको समेत व्यवस्था गर्नुभयो ।


विपन्न परिवारका बालबालिका भएको कारणबिचमै पढाइ छोड्ने विद्यार्थीको अवस्थालाई मध्येनजर गर्दै शिक्षामा सीप कार्यक्रम अन्तर्गत उहाँले विद्यालयमै करिब २० वटा सिलाइ मेसिन जडान गरेर सिलाइ बुनाइको तालिम सञ्चालन गर्नुभयो । सोही कार्यक्रमलाई विस्तार गर्दै अहिले अभिभावकलाई समेत लक्षित गरेर सीप मूलक तालिम सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ ।


बिहान ६ देखि बेलुका ६ बजेसम्मै प्राय विद्यालयमा भेटिने विकास सर सामुदायिक विद्यालयको सुधार तथा रूपान्तरणमा अभिभावक तथा स्थानीय समुदायको ठुलो हात रहने कुरालाई विश्वास गर्नु हुन्छ । यसकारण “घर घरमा शिक्षक ” कार्यक्रम सञ्चालन गरेर हरेक अभिभावकको घरमा शिक्षक सहित आफू निरन्तर पुगिरहनु हुन्छ । “ विद्यार्थीलाई नजिकबाट जान्नु छ भने घरमै पुग्नु पर्ने रहेछ” उहाँ भन्नु हुन्छ ।


गरिखाने सीपसँगै एक्काइसौँ शताब्दीको सीप सिकाउने लक्ष्य लिएर अघि बढ्नु भएको विकास सरलाई विद्यार्थीले पनि हौसला दिएका छन् । झन्डै अर्को विद्यालयमा विलय हुने अवस्थामा पुगेको विद्यालयका विद्यार्थी आज विभिन्न नगर स्तरीय प्रतियोगितामा भाग लिएर पुरस्कृत भएर आउन थालेका छन् ।


पूर्व विद्यार्थीको सक्रियताले ब्युँतिएको विद्यालय


प्रसँग १ :
सिन्धुपाल्चोक जिल्लाको तातोपानीमा अवस्थित श्री झिर्पु माध्यमिक विद्यालयमा सोही विद्यालयका पूर्व विद्यार्थी आंग छिरिंग शेर्पा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेपछि विद्यालयले मुहार फेरेको छ ।


कार्यकालको सुरुवातबाट नै उहाँले शिक्षक उत्प्रेरणा कार्यक्रमबाट सुरु गर्नुभयो । दैनिक रूपमा अनुपस्थित विद्यार्थीका अभिभावकलाई नियमित फोन सम्पर्क गर्ने देखि लिएर विद्यालयको गतिविधिमा सरोकारवाला पक्षको चासो र सक्रियता बढाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुभयो । विद्यालयमा अभिभावकको सहभागिता सुनिश्चित गर्न अभिभावक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुभयो । यसरी आफूले जिम्मेवारी सम्हालेर लागि परेकै वर्ष एसईई परीक्षामा विद्यालयले दश वर्षयताकै उत्कृष्ट नतिजा हात पार्यो ।


विभिन्न संघ संस्थाको सहयोगमा कक्षा १२ सम्मका सबै विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्नु भएको छ । ९ देखि १२ सम्मका विद्यार्थीलाई चाइनिज भाषा शिक्षणको कक्षा मिलाइएको छ ।


“आफू बढेको विद्यालय प्रति साह्रै माया लाग्ने रहेछ” उहाँ भन्नु हुन्छस “आफूसँगै पढेका अधिकांश साथी युरोप, अमेरिका लगायतका स्थानमा पुगेका छन् । सबै पूर्व विद्यार्थीलाई जुटाएर लाग्ने हो भने विद्यालयले कसो मुहार नफेर्ला ?”


प्रसँग २ :
विराटनगर स्थित श्री जनता नमुना विद्यालय कुनै समय साँचिकै नमुना विद्यालय थियो । विराटनगरको गहना थियो । देशका धेरै जना उच्च पदस्थ कर्मचारी तथा नेता जन्माएको थियो।


तर, विस्तारै कथाले मोड लियो १ हीराको चमक बिस्तारै घट्न थाल्यो । चम्किलो दियो अचानक धरमराउन थाल्यो । आन्तरिक किचलो र राजनीतिले विद्यालय मृत्यु शैयामा पुग्यो ।


प्रस्तुत आलेखका आलेखकर्ता सहितको टोली समेत सुधारको अभियान लिएर विद्यालय प्रवेश गरेको थियो । बृहत् राष्ट्रिय शिक्षा अभियानको समूहले सार्वजनिक आह्वान गरेर जनता विद्यालयको वर्तमान अवस्था उजागर गर्दै विद्यालय सुधारका लागि सहयोग गर्न पूर्व विद्यार्थीलाई गुहार्यो ।


सामाजिक सञ्जालमा पूर्व विद्यार्थीको समूह जोडिएसँगै विद्यालय प्रति सर्वत्र चासो र सरोकार बढ्न थाल्यो विद्यालय पुगेर सहयोग गर्नेहरूको सङ्ख्या बिस्तारै बढ्न थाल्यो । यही क्रममा विद्यालय व्यवस्थापन समितिमा पूर्व विद्यार्थी मनोज विक्रम साह अध्यक्ष भएर प्रवेश गरे सँगै विद्यालयले फड्को मार्न थाल्यो ।


विद्यार्थी नै नभएर मर्ज हुने अवस्थामा पुगेको विद्यालयमा दुई वर्षभित्र नै ५०० विद्यार्थी अध्ययन गर्न थालेका छन् । विद्यार्थी ओसार पसार गर्न विद्यालयले बसको सुविधा दिएको छ । आधारभूत तहका कक्षा अङ्ग्रेजी माध्यममा सञ्चालन हुन थालेका छन् । शिक्षक कर्मचारी सबै विद्यालयको रूपान्तरण गर्न दिन रात खट्न थाल्नु भएको छ ! विद्यालयको सुधार तथा रूपान्तरणमा पूर्व विद्यार्थीको भूमिका उल्लेखनीय हुन सक्ने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण मनोज विक्रम साह बन्नुभएको छ ।


जन श्रमदान र सहभागितामा सुधार भएको विद्यालय


जनताको प्रत्यक्ष सहभागिता र श्रमदानमा विद्यालय सुधार गर्ने परिपाटी अहिले त्यति प्रचलित छैन । राणा शासनको अन्त्यसँगै देशमा धमाधम विद्यालय खुल्न थाले । शिक्षाको आवश्यकता बुझेका र भोकाएका हरेक नागरिकले आफ्नो गाउँ र टोलमा विद्यालय स्थापना गर्न जन श्रमदान गरे । पढेलेखेकाहरूले निःशुल्क पढाए । जग्गा जमिन भएकाहरूले भवन निर्माणका लागि निःशुल्क जग्गादान गरे । विद्यालयमा स्रोत व्यवस्थापनका लागि यज्ञ, होम, पुराण लगाए । देउसी भैलो खेलेर विद्यालयका लागि स्रोत साधन जुटाए । विद्यालयप्रति समुदायको खुब धेरै स्नेह र लगाव थियो । जसरी हुन्छ आफ्ना सन्तान र छर छिमेकीले पढ्नु थियो । शिक्षकको खुब मान र इज्जत थियो ।


बिस्तारै विद्यालय सञ्चालनको जिम्मेवारी सरकारले लिए सँगै सामुदायिक विद्यालयमा समुदायको लगाव कम हुन थाल्यो । हिजो समुदायको निगरानीमा चल्ने विद्यालय आज “सरकारी” भए पछि समुदायले अपनत्व लिन छोड्यो । फलस्वरूप विद्यालय अभिभावक विहीन बन्दै गएका छन् । प्राण विहीन बन्दै गएका छन् । शिक्षा यान्त्रिक बन्दै गएको छ । समुदाय नै नभए पछि सामुदायिक विद्यालयको अस्तित्व धर्म संकटमा पर्न थाल्यो ।


अभिभावकको सहभागिताले सुधार भएको विद्यालय


रोल्पाको लिवाङ स्थित श्री बाल कल्याण माध्यमिक विद्यालयमा हरेक दिन अभिभावक उपस्थित भएर विद्यालयको निगरानी गर्ने, विद्यालयको गेटमा गस्ती गर्ने गर्नु हुँदोरहेछ । त्यस्तै, मोरङ ग्राम थान स्थित श्री रवि आधारभूत विद्यालयमा आमा समूहले दिवाखाजा बनाउने गर्नुहुने रहेछ । आमा समूहले विद्यालयले दिएको मेनु अनुसार घरमै खाना बनाएर विद्यालयमा ल्याएर विद्यार्थीलाई खुवाउनु हुने रहेछ । वास्तवमै अभिभावकको सहभागिता बिना कुनै पनि विद्यालयको सुधार हुन सक्दैन । अभिभावकको संलग्नता बिना कुनै पनि शिक्षा पूर्ण हुन सक्दैन । अभिभावकको सक्रियताबिना कुनै पनि बालकको विकास पुरा हुने सक्दैन । विद्यालयको सुधार तथा विकासका लागि अभिभावकको भूमिका अपरिहार्य छ ।


स्थानीय तहको सक्रियताले सुध्रिएका विद्यालय


स्थानीय तहले चाहे शिक्षा सुधार गर्न सक्छन भन्ने उदाहरण केहीले देखाएका छन् । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शिक्षाको विकासमा उल्लेखनीय काम गर्दै आएको छ ।


प्रसँग १ः
रामेछापको उमाकुण्ड गाउँपालिका अन्तर्गतका विद्यालय हेर्दै लोभलाग्दा छन् । त्यति दुर्गम ठाउँमा पनि शहरका भन्दा राम्रा र चिटिक्क परेका कक्षा कोठा, अत्याधुनिक भवन, लाइब्रेरी, कम्प्युटर ल्याब कसरी सम्भव भयो रु यसको एकै जवाफ छ – स्थानीय तहले सक्रियता देखाउने हो भने सामुदायिक विद्यालयको रूपान्तरण सम्भव छ । भवन र भौतिक संरचना मात्र होइन, विद्यार्थीको सिकाइ स्तर पनि रहरलाग्दो देखिएको छ ।


प्रसँग २ः
सर्लाहीको बागमती नगरपालिकाको शैक्षिक सुधारको प्रयास पनि अनुकरणीय छ । नगर शिक्षा ऐन जारी गरेर यो स्थानीय तहले शिक्षकलाई राजनीति गर्न वर्जित गरेको छ । यति मात्र होइन, सरकारी तलब बेतन खाने कुनै पनि कर्मचारीले आफ्ना सन्तान सामुदायिक विद्यालयमै पढाउनु पर्ने नियम बनाएको छ ।


नगरपालिकाले प्रधानाध्यापकसँग करार सम्झौता गरेको छ । हरेक कक्षा शिक्षकसँग कार्यसम्पादन सम्झौता गरेको छ । सबै विषयका विषयगत समिति गठन भएका छन् । यी विषयगत समितिले आफू मातहतका विषयगत शिक्षकसँग सिकाइ सम्झौता गर्ने गर्दछन । आवश्यक तालिमको सिफारिस, कारबाही तथा पुरस्कारको सिफारिस, परीक्षा लगायतका अधिकार विषयगत समितिले प्रयोग गर्ने गरेका छन् ।


सबै पाँच माध्यमिक विद्यालय केन्द्रीय विद्यालय पनि हुन् । यी विद्यालयले आफू मातहतका आधारभूत विद्यालयको नियमन तथा निरीक्षणको जिम्मेवारी लिएका छन् । आन्तरिक बैठक बस्ने, विभिन्न अतिरिक्त क्रियाकलापको आयोजना गर्ने, सिकाइ सुधार कार्यशाला गर्ने, आपसी समन्वय र सहयोगमा आवश्यक परेका स्रोत सामाग्रीको व्यवस्थापन गर्ने लगायतका काम यी केन्द्रीय विद्यालयले गर्ने गरेका छन् ।


नगरपालिकाले आइसिटी बेस मन्टेशरी सिस्टम मार्फत विद्यालयको अनुगमन गरिरहेको छ । सबै विद्यार्थीको दैनिक हाजिरी, शिक्षकको उपस्थिति, प्रधानाध्यापकको दैनिक कार्य विवरण, सिकाइ योजना, शिक्षक लगबुक, विद्यार्थीको पोर्टफोलियो, नियमित आन्तरिक मूल्याङ्कन लगायत सबै नियमित रूपमा शिक्षकले नगरपालिकाको सफ्टवेयरमा अपलोड गर्ने गरेका छन् । यही शैक्षिक सत्रबाट भने विशेष कार्ययोजना बनाएर शैक्षिक सुधारमा देशकै नमुना नगर बन्ने लक्षका साथ बागमती नगरपालिकाले काम गरिरहेको छ ।


सिकाइलाई सीप र श्रमसँग जोड्ने विद्यालय


प्रसँग १ः
बागमती नगरपालिका सर्लाहीमा अवस्थित श्री जन बाल कल्याण माध्यमिक विद्यालयले विद्यार्थीलाई गमला बनाउन सिकाएको छ । त्यस्तै यही नगरपालिकाको अर्को विद्यालय जनता नमुना विद्यालय सोल्टी बजारले बिरुवा विज्ञान अन्तर्गत फुलको बिरुवा उत्पादन गर्ने गरेको छ । यसरी उत्पादित गमला र फुलको बिरुवालाई अन्य विद्यालय वा सरकारीले खरिद गरेर आफ्ना कार्यालय सजाउन थालेका छन् । त्यस्तै, अर्को नव जनजागरण विद्यालयले पशु विज्ञान अन्तर्गत कुखुरा पालन, बाख्रा पालन, भैँसी पालनलाई प्रयोगात्मक रूपमा सिकाउँदै आएको छ । एक्काइसौँ शताब्दीका जीवनोपयोगी सीप सँगै गरेर खाने छोटो अवधीका अन्य विभिन्न सीपसमेत छनौट गरेर कार्ययोजना बनाएको छ ।


काठमाडौँ महानगरपालिकाले सुरु गरेको ९० घन्टे शिक्षामा सीप कार्यक्रम, प्रधानाध्यापक नारायण सिग्देलले सुर्खेतको जन ज्योति माध्यमिक विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम, स्याङ्जाको ध्रुवज्योति माध्यमिक विद्यालयले सुरुवात गरेको फूल उत्पादन कार्यक्रम, खोटाङको दिक्तेलमा मदन राईले सुरु गरेको “मानव विद्यालय” यी सबै सिकाइलाई सीप र श्रमसँग जोड्न विद्यालय तथा सरकारले पहल गरेका सफल अभ्यास हुन् ।


नेपालमा सामुदायिक विद्यालय सुधारको मोडेल के हो रु माथि उल्लेख गरिएका केही मोडेल सामुदायिक विद्यालयले अवलम्बन गर्दै आएका केही सफल मोडेल भए पनि ती सबै आफैँमा पूर्ण छैनन् !


प्रधानाध्यापक को हुने रु कस्तो हुने रु शिक्षक कस्ता हुने रु हैसियत के हुने रु सुविधा के हुने रु जस्ता प्रश्न विशुद्ध प्राविधिक प्रश्न हुन् । तर सामुदायिक विद्यालयको सुधार कसरी गर्ने रु विद्यालय के हुन् रु विद्यालय कस्तो हुनु पर्दछ रु विद्यालयलाई समाज र समुदायसँग कसरी जोड्ने रु भन्ने प्रश्न गहन छन् र यसको वास्तविक जवाफ नै राष्ट्रको भविष्यको रोडम्याप हो !


नेपालमा सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि निम्न अवधारणा अनुरूप कार्यान्वयन गरौँ :


१. सामुदायिक विद्यालयस सामुदायिक विकास तथा उत्थान केन्द्र :
विद्यालयलाई समुदायसँग जोडौँ । समुदायको विना कुनै पनि विद्यालय बन्न सक्दैनन्बरनेका छैनन् । वास्तवमा विद्यालय र समुदाय एक अर्काका परिपूरक हुन् । अभिभावक लक्षित सचेतना कार्यक्रम, समुदायले अवलम्बन गर्दै आएका परम्परागत सीपको अध्ययन तथा विद्यालयमा अभिभावकलाई प्रयोग गरेर त्यस्ता परम्परागत सामाग्रीको उत्पादन र बिक्रीवितरण गर्ने यो भने निश्चित समुदायको आर्थिक÷सामाजिक उत्थानको पाटोमा सहयोग पुग्न सक्दछ ।


आज धेरै विद्यालयमा अभिभावकले सहयोग गर्न नसकेको, बोलाएको बेला नआएको, अभिभावकको घरायसी वातावरण ठिक नभएको, विद्यार्थीले घरमा पढ्ने वातावरण नपाएको जस्ता गुनासो आउने गरेका छन् । अभिभावक नसुध्रिएसम्म विद्यालय सुध्रन नसक्ने कुरा आउने गरेका छन् । घरमा बिग्रिएका बालबालिकाले ईश्वरले पनि सुधार्न नसक्ने भनेर प्रख्यात शिक्षाविद् गिजु भाइले नै भनेका छन् । तर फेरि अर्को प्रश्न त्यसो भए अभिभावकलाई सुधार्ने कसले हो त ?


यसको सबै जिम्मेवारी विद्यालय एक्लैको नहुन सक्दछ । यसमा विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, स्थानीय टोल समूह, आमा समूह, क्लब, विभिन्न गैर सरकारी संस्था, राजनीतिक दलका सदस्य, स्थानीय सरकार सबैले मिलेर अभिभावकको सक्षमता, सामुदायिक विकास तथा उत्थानका सवालमा काम गर्न सक्दछन । “सक्षम अभिभावक, सक्षम विद्यालय”, “हाम्रो विद्यालय, राम्रो चोक”“सचेत अभिभावक, सबल विद्यालय” जस्ता अभियान सञ्चालन गरेर विद्यालयले सामुदायिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न सक्नेछन ।


२. विद्यालयस चेतना र ज्ञानको केन्द्र :
विद्यालय ज्ञान र चेतनाको केन्द्र हो । विद्यालय सिकाइको केन्द्र हो । विद्यालय आफैँमा एउटा पूर्ण ल्याब हो । विद्यालयको प्रणाली र संरचना नै यस्तो बनोस कि हरेक अवस्थामा विद्यार्थीले केही न केही सिक्न सकून चेतना र ज्ञान अनुभवजन्य सिकेका उपज हुन् । यसर्थ, विद्यार्थीले प्रयोग गर्दै, अनुभव गर्दै, खेल्दै वा अनुसन्धान गर्दै सिक्ने वातावरणको निर्माण गर्न सकौँ । खास अर्थमा विद्यालयमा गरेर सिक्ने परिपाटी निर्माण गर्न सकौँ । मैले यसो भन्दैमा त्यस्तो वातावरण निर्माण गर्न मोटो रकम लाग्छ भन्न खोजेको होइन । सिकाइ त प्रकृतिबाट नै हुन्छ । हाम्रो समाज र समुदाय आफैँमा विश्व विद्यालय हो । यही परिवेशलाई आधार मानेर छलफल, अन्तरक्रियाका माध्यम बाट पनि अपार ज्ञानको सिर्जना हुन सक्दछ । तुलनात्मक रूपमा सीमित स्रोत साधन भएका विद्यालयले पनि यस्तो वातावरणको निर्माण गरेर विद्यालयलाई ज्ञान र चेतनाको केन्द्र बनाउन सक्दछन ।


३. सामुदायिक विद्यालयस सामाजिक न्याय, सद्‍भाव, समावेशिता र समतामूलक समाजको केन्द्र :
सामुदायिक विद्यालय समाज र समुदायका प्रतिबिम्ब हुन् । समाजमा विविधता छ । समाजमा असमानता छ । समाजमा वर्ग छ । पृथ्वी नारायण शाहको शब्द सापट लिने हो भने वास्तवमै नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो । सामुदायिक विद्यालय वास्तवमै यस्तो बगैँचा होरबन्नु पर्छ जसमा कहीँ कतै भेदभाव छैन । सबै थरिका फुल ढकमक्क भएर फुलेका, बगैँचामा सजिएका, सयौँ थरि फूलका एउटी माला बनेर उनिएका, जुनसुकै पारिवारिक वा सामाजिक पृष्ठभूमि भए पनि विद्यालय हाताभित्र प्रवेश गरे पछि सबै समानस सबै एक !


सामुदायिक विद्यालयभित्र न दलित देखिन्छन, न अपाङ्ग नै, न धनी देखिन्छन न गरिब, न महिला न पुरुष १ जन्म वा अवस्थाका आधारमा कुनै भेदभाव नहुने, सबैले समान अवसर र हौसला पाउने, शिक्षाको समान अवसरबाट कोही बन्चित नहुने ! यो अद्‍भुत, अनुपम स्थल नै यस्तो केन्द्र हो जसले सामाजिक न्याय, सद्‍भाव, समावेशिता र समतामूलक समाजको निर्माण गर्दछ ।


४. विद्यालय, अध्ययन तथा अनुसन्धान, आविष्कार तथा नवप्रवर्तन केन्द्र :
शिक्षाको उद्देश्य केवल दुई मात्र देख्छु म स् १। ज्ञान र चेतनाको विकास २। आत्मनिर्भरता÷ आर्थिक सक्षमता यी दुवै लक्ष प्राप्तिका लागि नभई नहुने कुरा भनेको अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तन हुन्छ सामुदायिक विद्यालयमा यो कसरी सम्भव होला रु स्रोतको व्यवस्थापन कसरी गर्ने रु भन्ने प्रश्न पनि आउलान् । तर, यो सहज र सबैको पहुँचमा छ । अनुसन्धान र आविष्कार भन्दैमा त्यसका लागि महँगो ल्याब हुनु पर्छ भन्ने होइन । अनि सबै विद्यार्थीलाई वैज्ञानिक बनाउने भनेको होइन । केवल वैज्ञानिक सोच र चिन्तनको विकास होस् भन्न खोजेको हो ।


यसको सुरुवात बिन्दु भनेको शिक्षण शैलीमा हुने परिवर्तन हो । विद्यार्थी केन्द्रित सिकाइ हो । पाठ्यपुस्तकको निर्भरताबाट टाढा रही पाठ्यक्रममा आधारित सिकाइ हो । शिक्षक बक्ता नभई सहजकर्ता बन्ने परिवर्तन हो । विद्यार्थीले जवाफ दिने नभई हरेक कुरामा प्रश्न गर्ने वातावरणको निर्माण हो सिकाइलाई वास्तविक जीवन र व्यवहारसँग जोड्ने प्रक्रिया हो । सिकाइलाई समाज र समुदायको आवश्यकतासँग जोड्ने प्रक्रिया हो । समस्या समाधान र रूपान्तरणको प्रक्रिया हो । विद्यार्थीलाई रचनात्मक तरिकाले सोच्ने बनाउने कोसिस हो । विद्यार्थीमा समालोचनात्मक सोचको विकास गराउने प्रयास हो यो ।


प्रत्येक विद्यालयमा अध्ययन र अनुसन्धानको संस्कार बसाउन सकिन्छ । शिक्षकले गर्ने कार्यमूलक अनुसन्धान, हरेक विद्यार्थीको केस स्टडी, विद्यार्थीले हरेक विषयमा तयार गर्ने प्रोजेक्ट कार्य, विद्यालयले बेला बेलामा आयोजना गर्ने विज्ञान प्रदर्शनी कार्यक्रम, स्थलगत अवलोकन, शैक्षिक भ्रमण जस्ता गतिविधिलाई अनिवार्य र नियमित गर्न सकिन्छ ।


यसका साथै स्थानीय तहले हरेक विद्यालयमा इनोभेसन सेन्टर स्थापना गर्ने, शिक्षा शाखा अन्तर्गत शैक्षिक विकास तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, स्टार्टअप एण्ड इन्क्युबेशन सेन्टर स्थापना गर्ने, रिसर्च एण्ड डेभलपमेन्ट शीर्षकमा कम्तीमा एक प्रतिशत बजेट विनियोजन गर्ने जस्ता कार्य गरेर सबै सामुदायिक विद्यालयलाई अध्ययन तथा अनुसन्धान, आविष्कार तथा नवप्रवर्तनको केन्द्रको रूपमा विकास गर्न सकिन्छ ।


५. विद्यालयस संस्कार र चरित्र निर्माणको केन्द्र :
आचरण तथा चरित्र व्यक्तिको गहना हो । संसारमा जति पनि प्रगति र दुर्गतिका शृङ्खला देखिएका छन्, ती सबै व्यक्तिको चरित्रसँग जोडिएका छन् । एउटा व्यक्तिको चरित्र कालान्तरमा सामाजिक चरित्र बन्न सक्दछ । सामाजिक चरित्र राष्ट्रको चरित्र बन्न सक्दछ । त्यसकारण, हरेक बालबालिका, हरेक घर परिवार, हरेक समुदाय, हरेक समाजमा सद्विचार, सच्चरित्र, सद्गुण आवश्यक छ ।


विद्यार्थीले समानता, समता, समभाव, सद्‍भाव, सहयोग, सहकार्य, समूह कार्य जस्ता सद्गुण सिक्ने स्थान नै विद्यालय हो । माया, प्रेम, स्नेह, दया, करुणा, हार्दिकता, कृतज्ञता, विनम्रता, शिष्टता, धैर्यता, सहनशीलता जस्ता सद्गुणको विकास गरेर घृणा, रिस, इर्स्या, लोभ, अहङ्कार, व्यभिचार जस्ता नकारात्मक चिन्तन र चरित्रलाई हटाउन वा परास्त गर्न सकियो भने शिक्षाको सार र मर्म पुरा हुन सक्दछ ।


उसोभए संस्कार कसले सिकाउने रु घरले कि विद्यालयले रु यो प्रश्न सहज उत्तर छ – दुवैले सिकाउने १ संस्कार सिकाउने कि आफैँ बन्ने रु फेरि यसको जटिल जवाफ छ – पहिले आफू बन्ने अनि बालबालिकालाई प्रेरित गर्ने । मानिसको सोच र व्यवहार उसको खानपिन, सँगत, भोगाई, अनुभव लगायतबाट निर्मित हुने हुँदा यस तर्फ पनि दुवै पक्षले ध्यान दिनु जरुरी छ ।


विद्यालयमा गुरुहरूलाई देखेर, विद्यालयको वातावरण र संस्कार देखेर विद्यार्थीले धेरै कुरा सिकीरहेका हुन्छन । सुनेर भन्दा पनि हेरेर अनुकरण गरिरहेका हुन्छन । यस कारण विद्यालय संस्कार र चरित्र निर्माणको केन्द्र बन्ने हो भने पहिले विद्यालयको वातावरण ठिक हुन जरुरी छ । नियमित रूपमा विद्यार्थीलाई परामर्श कार्यक्रम, योग, ध्यान, खानपिन सम्बन्धी सचेतना लगायतका कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नु जरुरी छ ।


६. विद्यालय सामाजिक तथा सांस्कृतिक विकासको केन्द्र :
हरेक समुदायको आफ्नो संस्कार र संस्कृति छ । आफ्नो भेषभूषा र परम्परा छ । आफ्नै रहनसहन र जीवन पद्धति छ । आफ्नै चाडपर्व र खानपिन संस्कृति छ । विद्यालय यस्तै विविधताले सजिएको फूलबारी हो । एकअर्काको संस्कार र संस्कृति चिन्ने, आपसी सहकार्य, समभाव र सहिष्णुताको विकास गर्ने, संस्कृतिको जगेर्ना गर्ने, अध्ययन अनुसन्धान गर्ने जस्ता गतिविधि विद्यालयका माध्यम बाट गर्न सकिन्छ । यो समावेशिताको समेत उच्चतम नमुना हो ।


यसका लागि विद्यालयको एउटा कुना वा कुनै विशिष्ट स्थानमा सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्न सकिन्छ । गाउँघरमा हराउँदै गएका ढिकी, जाँतो, कोल देखि लिएर अन्य विभिन्न सामाग्रीहरूको प्रदर्शनी गर्न सकिन्छ । विभिन्न जातजातिका भेषभूषा प्रदर्शन गर्न सकिन्छ । हरेक दिन एसेम्बलीमा प्रस्तुति दिने बालबालिकाले आफ्नो जातजातिको भेषभूषा झल्किने पोशाक लगाउन सक्नेछन । हप्ताको एक दिन राष्ट्रिय पोसाक वा आफ्नो जातजातिको परम्परागत पोसाक लगाउन सक्ने छन् । दिवा खाजाको रूपमा कहिलेकाहीँ परम्परागत खानेकुरा बनाउन सकिन्छ । समुदायका अभिभावकलाई समेत समेटेर वृहत् सांस्कृतिक सम्मेलन आयोजना गरी भेषभूषा, कला संस्कृति, गीत सँगीत तथा नृत्य, रहन सहन, चाडपर्व, खाना लगायतको प्रदर्शनी कार्यक्रम आयोजना गर्न सकिन्छ । विशिष्ट समुदाय छनौट गरेर पर्यटकीय विकास हेतु होम स्टे कार्यक्रम आयोजना गर्न सकिनेछ ।


७. सामुदायिक विद्यालय सीप विकास तथा उद्यमशीलताको केन्द्र
हरेक सामुदायिक विद्यालयलाई आत्मनिर्भर बनाउन एक विद्यालय एक उत्पादन तथा एक विद्यार्थी एक सीप कार्यक्रम सञ्चालन गरौँ । पढ्दै कमाउँदै कार्यक्रम सबै विद्यालयमा विस्तार गरौँ । पाठ्यक्रममा सीप शिक्षालाई अनिवार्य गरौँ । विद्यार्थीको आन्तरिक मूल्याङ्कन अन्तर्गत प्रयोगात्मक खण्डमा सीप शिक्षा समावेश गरौँ । वर्षमा निश्चित सङ्ख्यामा केही न केही उत्पादन गर्न लगाउने गरी परियोजनात्मक कार्य दिऊँ । यस्ता कार्यक्रमलाई स्थानीय तहले सिटिइभिटी लगायतका संस्थासँग समन्वय गरेर सीप प्रमाणीकरण गर्ने व्यवस्था मिलाऔँ ।


एउटा विद्यालयले उत्पादन गरेको कुरा अर्को विद्यालयले किनेर प्रयोग गर्न सक्ने खालको मोडेल सोचौँ । विद्यालयमा उत्पादित सामाग्री स्थानीय उद्योग धन्दा वा बजारमा खपत हुने सम्भावना खोजौँ । विद्यालय तथा विद्यार्थीलाई सीपमा प्रोत्साहन गर्न स्थानीय तथा सङ्घीय सरकारले अनुदान पठाउने व्यवस्था गरौँ । हरेक स्थानीय तहमा स्टार्टअप तथा बिजनेस् इन्क्युबेशन सेन्टर स्थापना गरौँ । विद्यार्थीले उत्पादन गरेका सामाग्रीहरूको बजारीकरण तथा प्रवर्धनका लागि प्रदर्शनी तथा मेला आयोजना गरौँ । यसलाई आर्थिक क्रान्तिका रूपमा विद्यालय स्तरबाट नै सुरुवात गरौँ ।


निष्कर्ष
सामुदायिक विद्यालय विद्यालयस समवृद्धि र समाजवादको केन्द्र हुन् । सामुदायिक विद्यालयको सुधार र रूपान्तरण बिना कुनै पनि राष्ट्र समृद्ध बन्न सक्दैन । शिक्षामा सुधार नगरी कुनै पनि मुलुक बन्न सकेको छैन । नेपालको संविधानले नै परिकल्पना गरेको समाजवादको बाटो पहिल्याउने हो भने नेपालमा सामुदायिक विद्यालयको रूपान्तरण गरेर नयाँ मार्ग कोर्नुको विकल्प छैन !


लेखक अभिषेक घिमिरे वृहत् राष्ट्रिय शिक्षा अभियान, नेपालका संयोजक हुन् ।