उपकुलपति पदका लागि दरखास्त आह्वान

धनुषा /१८ असोज – मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानमा हाल रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।


प्रतिष्ठान ऐन, २०७७ को दफा १६ (१) बमोजिम चिकित्सा शास्त्रका प्राध्यापकहरू मध्येबाट योग्यता प्राप्त गरेका इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।


निम्न विवरण सहित आवेदन दिन सकिने छ :


१. निवेदकको आवेदन
२. प्रतिष्ठान सञ्चालनको व्यावसायिक कार्ययोजना
३. वैयक्तिक विवरण
४. योग्यता (शैक्षिक र अनुभव) प्रमाणपत्रहरू
आवेदन दिने स्थान : मा. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्रीज्यूको निजी सचिवालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनकपुरधाम, Email : [email protected]