त्रिभुवन विश्वविद्यालय सेवा आयोगले स्थगित अन्तर्वार्ता सञ्चालन गर्ने

काठमाडौं/१९ भदौं-त्रिभुवन विश्वविद्यालय सेवा आयोगले स्थगित अन्तर्वार्ता सञ्चालन गर्ने भएको छ । विभिन्न विषयहरूको प्राध्यापक तथा सहप्राध्यापक पदको स्थगित अन्तर्वार्ता असोज १४ गतेदेखि सञ्चालन गर्ने भएको हो ।


आयोगले २०७७/०७८ सालमा प्रकाशित आन्तरिक/खुला प्रतियोगिता अन्तर्गत विभिन्न विषयहरूको प्राध्यापक तथा सहप्राध्यापक पदको विज्ञापनमध्ये २०७९ साउन १३ गते विशेष कारण देखाउँदै अन्तवार्ता स्थगित गरेको थियो ।