काठमाडौँ /१४ भदौं-विद्यालय व्यवस्थापन समिति भङ्ग नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । काठमाडौँ महानगरपालिकाकाले सामुदायिक विद्यालयका व्यवस्थापन समिति भङ्गको निर्णय गरेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
महानगरले असार ३० गतेको नगर सभाबाट मातहतका सामुदायिक विद्यालयका व्यवस्थापन समिति भङ्गको निर्णय गरेको थियो । समिति भङ्ग गरेर सम्बन्धित वडाका वडाध्यक्षलाई नै पदेन अध्यक्ष बनाउने निर्णय महानगरले गरेको थियो ।



