शिक्षा ऐनको विधेयकमा प्रधानमन्त्री नै अचम्मित भएपछि मैले के भन्नु : भानुभक्त जोशी

काठमाडौं/१३ भदौं-शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जाशीले तत्कालै नयाँ शिक्षा ऐन ल्याउन आवश्यक रहेको बताएका छन् । शिक्षा ऐनमा धेरै चाुनौति रहेको र २०२८ साल कै शिक्षा ऐनबाट शिक्षाका गतिविधि सञ्चालन भइरहेको बताउँदै नयाँ शिक्षा ऐन तत्काल ल्यउनुपर्ने बताएका हुन् ।


विद्यालय शिक्षा निशुल्क भनिएपनि व्यवहारमा लागु गर्न कठिन अवस्थामा रहेको जोशीले खबर एजुकेशनलाई बताए । उनले भने ‘सरकारले उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोग भनेर गठन गरेको रहेछ, सो आयोगले धरै मिहिनेत गरेर देशव्यापी रुपमा विभिन्न क्षेत्रको अध्ययन गरेर एक खालको प्रतिवेदन तयार बनायो, प्रतिवेदन सरकारलाई बुझाईसकेपछि अहिले प्रतिवेदन हराएको देखिन्छ । धरै मिहिनेत र खर्च गरेर मन्त्रालयमा, प्रधानमन्त्रीकोमा पठाइएका, ल्याइएका आयोगका प्रतिवेदनहरु हराउने भनेको कम पिडाको विषय छैन । यसको वास्तिविकता के हो त, भन्ने विषयमा हामी गम्भिर भएका छौं ।’


शिक्षामन्त्रीलाई पनि समितिमा बोलाएर कुरा राख्दा मन्त्रीले दिएका अभिव्यझि लाचार भए जस्तो जवाफ पाएको बताए । साथै शिक्षा ऐन भित्रपनि खेल्ने खालको वा आफ्नो भूमिका निभाउने खालका र प्रभाव पार्ने विभिन्न निकायहरु र संस्थाहरुको समुह रेहकोले यस्ता सबै विषयमा गम्भिर भएर छलफल गर्ने समितिको तयारी गरेको बताए ।


जोशीले अब आउने शुक्रबारसम्म समितिभित्र भएका जिम्मेवार व्यक्तिहरुसँग परामर्श गरेर आगामि दिनमा गर्ने कामको छलफल गरीने समेत जानकारी दिए ।


शिक्षा ऐनको विषयमा सरोकारवालाहरुले प्रधानमन्त्रीलाई भेटेपछि अचम्मित


दुई महिना भन्दा अगाडि नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिवले हस्ताक्षर गरेर शिक्षा ऐन पठाईसकेको देखिएको र त्यसका केही झलकहरु बाहिर देखापरेपछि विभिन्न सरोकारवालाहरुका कुरा सुनिएको उनको भनाई छ । साथै सरोकारलाहरुले प्रधानमन्त्रीलाई भेटेपछि प्रधानमन्त्रीको अभिव्यक्ति पनि सुनिएकोमा अचम्मित भएको बताए ।

उनले भने ‘प्रधानमन्त्रीले नै मन्त्रीपरिषद्बाट स्वीकृत गरेको शिक्षा ऐनको विधेयकमा उहाँ नै अचम्मित भएपछि मैले के भन्न सक्छु । प्रधानमन्त्रीलाई हेर्दा डाईनामिक हुनुहुन्छ, अर्काले गरिदिएर उहाँले नहेरी गरेको जस्तोपनि लाग्दैन, मन्त्रीपरिषद्मा जिम्मेवार सचिवहरुले ब्रिफिङ गरेरै अहिले उठेका विभिन्न सरोकारवालाहरुका समस्याहरु कसरी सम्बोधन गर्ने कुरा उहाँहरुले सोचेरै गरेको हुनुपर्छ ।’


शिक्षा ऐनका सवालमा विभिन्न कुरा सुनेपछि शिक्षा ऐनमा त्यति ठुलो प्रभाव पार्ने के रहेछ भनेर बुझेको र सामुदायिक विद्यालय र निजी विद्यालयका सवालमा धेरै गम्भिर समस्या रहेको बताए । समितिले त्यस्ता समस्याको समाधान सरोकारवालाहरुसँग समन्वय गरेर अगाडि बढ्ने योजनामा रहेको उनको भनाई छ ।