संघीय शिक्षा ऐन तत्काल ल्यउन आवश्यक छ : सभामुख देवराज घिमिरे


काठमाडौं/८ भदौं-सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन तत्काल ल्यउनुपर्ने आवश्यकता रहेको बताएका छन् । सदनमा संघीय शिक्षा ऐन पेस भएपछि सबै सरोकारवालाहरु र सबै राजनीतिक दलहरुसँग छलफल गरेर अगाडि बढ्ने बताउँदै विद्यालय शिक्षाको व्यवस्थापनका लागि शिक्षा ऐन तत्काल ल्याउनुपर्ने बताएका हुन ।


उनले खबर एजुकेशनसँग कुरा गर्दै विद्यालय शिक्षा सम्बन्धी विधेयक सबै प्रक्रिया पुरा गरेर अब बस्ने सदनको बैठकबाट सकेसम्म शिक्षा ऐन ल्याउने तयारीमा सरकार रहेको बताए । उनले भने ‘संघीय शिक्षा ऐन, संघीय निजामति ऐन लागायतका केही ऐनहरु तत्काल ल्याउन आवश्यक छ । विद्यालयको व्यवस्थापन, विद्यालय कस्को मातहतमा रहने, शिक्षकहरुले विचारका आधारमा संगठन खोल्न पाउने वा नपाउने लगायतका कारणले गर्दा तत्काल ऐन ल्यउनुपर्ने आवश्यकता देख्छु ।’


घिमिरेले विद्यालय शिक्षा सम्बन्धी विधेयक सार्वजनिक नहुँदै विभिन्न सरोकारवालाहरुले आन्दोलन गरेको बताउँदै सरोकारवालहरुसँग छलफल गरेर ल्याइए कार्यन्वयनमा सहज हुने धारणा राखेका छन् ।