नेपाल विश्वविद्यालय विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ /७ भदौं-प्रतिनिधिसभाको बुधबार बसेको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको बुधबारको बैठकमा पेश गरेका थिए ।


सभामुख देवराज घिमिरेले यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकोमा सर्वसम्मतिले स्वीकृत भएको हो । सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो ।


प्रतिनिधिसभाको अर्को बैठक आज भदौं ७ गते दिउँसो १ बजे बस्नेछ ।