काठमाडौँ /६ भदौं-हब इन्टरनेशनल एजुकेसनले स्थापनाको १८ औँ वार्षिकोत्सव मनाएको छ । विद्यार्थीलाई अब्रोड स्टडी सम्बन्धी परामर्श दिने उदेश्यले २००६ मा स्थापना भएको हबले १८ औँ वार्षिकोत्सव मनाएको हो ।
विद्यार्थीहरुलाई गुणस्तरिय परामर्श दिँदै आएकै कारण हजारौं विद्यार्थी तथा अभिभावको रोजाइमा पर्ने गरेको छ । दुई सय भन्दा बढी विश्वविद्यालय तथा कलेजसँग प्रत्यक्ष रुपमा काम गर्न सफल भएकै कारण समाजमा प्रतिष्ठित र प्रयावाचिको रुपमा आफुलाई राख्न सफल भएको छ ।
विद्यार्थीलाई आइइएलटीएस तयारीदेखि लिएर काउन्सिलिग, युनिभर्सिटी एड्मिशन, भिसा प्रोसेस लगायतका काममा विद्यार्थीहरुलाई सहजिकणर गर्ने गर्दछ । हालै हात्तीसार स्थित आफ्नै भवनमा सेवा दिइरहेको यस संस्थाले अष्टेलिया, न्युजिल्याण्ड, युके, आयरल्यान्ड, युएसए, क्यानडा र इन्डियालगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीको लागि परामर्श प्रदान गर्दछ ।
विश्वविद्यालयबाट स्वीकृति प्राप्त, अन्तर्राष्ट्रिय स्तरका विभिन्न डिप्लोम्याट र विभिन्न संस्थाहरूबाट क्वालीफाइट, सर्टिफाइट काउन्सिलर रहेको हबले सुरुदेखि नै आफ्नो भिसा सक्सेस रेटलाई मेन्टेन गर्दै विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
विद्यार्थीहरुको भविष्य निर्माणका लागि सहि परामर्श दिन र विश्वविद्यालयमा विभिन्न कार्यक्रम छनौट गरी भर्नाका लागि सहजिकरण गर्ने, विद्यार्थीहरुको चाहाना अनुसार विषय छनौट गर्ने लगायतका विषयमा हबले अग्रणी भूमिका खेल्न सफिल भएको सञ्चालक उद्धव खड्काले बताए ।
‘अन्टरप्रेनरसिप अन इन्टरनेशनल एजुकेसन’मा विद्यावारिधि गरेका खड्काले अन्तराष्ट्रिय शिक्षा प्रणालिका बारेमा आफुले राम्रोसँग बुझेमात्रै विद्यार्थीहरुलाई हरेक कुरामा सहजिकरण गर्न र परामर्श दिन सकिने बताउछन् ।
साथै हबले सहि परामर्श र गाईडलाइन्स दिएकैकारण आफुहरु विदेश अध्ययनमा आएर विश्वस्तरको उत्कृष्ट शिक्षा लिन सफल भएको हबबाट विदेश अध्ययनमा गएका विद्यार्थी मन्दीप अर्यालले बताए । उनले भने ‘हब प्रति धेरै आभारी छु, आज हबले मलाई विश्वविद्यालय छनौट गर्नेदेखि विषय छनौट र भर्ना प्रक्रियामा सहयोग गरेकै कारण भविष्य बनाउँन सहज भएको छ । त्यसकारण पनि धन्यवाद दिन चाहान्छु ।’
नेपालमा कुमारीपाटी, चितवन,बुटवल भैरहवा र पोखरामा शाखा कार्यालयहरु रहेका छन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा कर्पोरेट अफिस पर्थमा, भारत, पाकिस्तान, श्रीलङ्का, फिलिपिन्स र युकेमा पनि शाखा कार्यालयहरू रहेका छन् ।
१८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गर्दै मनाएको छ । हरेक वर्ष वार्षिक उत्सवका दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने, हरेक वर्ष दुई जना गरिब तथा जेहेन्नदार विद्यार्थीलाई आर्थिक सहयोग गर्ने, विभिन्न विपतमा परेका परिवारलाई राहत उपलब्ध गराउने जस्ता कार्य गर्दै आएको छ ।



