काठमाडौ/५ भदौं–त्रिभुवन विश्वविद्यलायले ४९ औं दिक्षान्त समारोहमा सहभागिताको लागि अनलाइन फाराम भर्न सूचना जारी गरेको छ । २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालि अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तिर्ण गरी ट्रान्स्कृप्ट विद्यार्थी र सोही अवधिभित्र पिएचडी तह पुरा गर्ने विद्यार्थीहरुका लागि फाराम भर्न सूचना जारी गरेको हो ।
विश्वविद्यालयद्धारा आयोजना गरिने ४९ औं दिक्षान्त समारोहमा भाग लिन इच्छुक विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय बल्खुमा भदौं ४ गतेदेखि असोज ४ गतेसम्म आइपुग्नेगरी रित पुर्याई आवेदन दिन सकिने जनाएको छ ।



