शिक्षण सिकाई अनुदान शिक्षकलाई स्विकृत दरबन्दीमा कायम गर्न माग

काठमाडौं/२४ साउन-शिक्षक सिकाई अनुदान शिक्षकहरुले शिक्षण आफुहरुलाई सामान्य आन्तरिक प्रकृयाबाट स्थायी गर्न माग गरेका छन् । नेपाल शिक्षक महासंघ लगायत शिक्षा मन्त्रालयमा ध्यनाकर्षणपत्र बुझाउँदै सामान्य आन्तरिक प्रकृयाबाट स्थायी गर्न माग गरेका हुन् ।


उनीहरुले २०७४ साल देखी माध्यमिक तथा आधारभूत तहको शून्य र एक दरबन्दी भएको विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी बिषयगत शिक्षकको अभाव परिपूर्ति गर्न संघिय शिक्षण सिकाई अनुदान शिक्षक प्रचलित शिक्षा ऐन अनुसार नियुक्त गरिएको जानकारी दिँदै दुई बुँदे माग राख्दै अनुदानमा कार्यरत शिक्षकको रोजगारी सुनिश्चितताको नीतिगत प्रबन्ध गर्न नेपाल शिक्षक महासंघसँग आग्रह गरेका छन् ।


‘हामीले पटकपटक आफ्ना सेवा, सुविधा र स्थायित्वको सुनिश्चतताका निमित्त सम्बन्धित निकायलाई ध्यानाकर्षण एंव आन्दोलन गर्यौ तर पनि कुनै सुनुवाइ भएन र आउँदै गरेको विद्यालय शिक्षा विधेयकमा हाम्रा माग मुद्दा सुनुवाइ भएन । हिजो अस्तिसम्म मात्र अन्य प्रकृतिका अनुदानमा नियुक्त गरिएका शिक्षक कर्मचारीलाई दरबन्दीमा लाने तथा आन्तरिक प्रकृयामा समावेश गर्ने लगायत थुप्रै कुरामा सम्बोधन गरियो । अपसोच हामी पनि सोहि प्रकृया बाट सेवा प्रवेश गर्दा समेत विद्यालय शिक्षा विधेयकले नसमेट्नु प्रति घोर आपत्ति सहित बिरोध गर्दछौ ‘ पत्रमा भनिएको छ ।


साथै विद्यालय शिक्षा विधेयक २०८० को दफा १४९ मा विद्यालय तह घटुवा भएमा दिँइदै आएको अनुदान कटौती गरिनेछ भन्ने वाक्यांश तुरुन्त संशोधन गरि कार्यरत शिक्षक को पेशा गत ग्यारेन्टी हुने नितिगत प्रबन्ध माग गरेका छन् ।


मागहरू :


१. शिक्षण सिकाई अनुदान शिक्षकहरूलाई स्विकृत दरबन्दीमा कायम गरियोस ।
२. शिक्षण सिकाई अनुदान शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा नितिगत प्रबन्ध गरियोस । वा शिक्षण सिकाई अनुदान शिक्षकहरूलाई सामान्य आन्तरिक प्रकृयाबाट स्थायी गरियोस ।