सिटईभिटीले गरेको शुल्क समायोजन खारेज गर्न माग

काठमाडौं/१ साउन-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनल(क्रान्तिकारी)ले सिटईभिटीले निजी शिक्षण संस्थाका लागि गरेको शुल्क समायोजनको विरोध गरेको छ । निजी शिक्षण संस्थासँगको मिलेमतोमा शैक्षिक सत्र २०८० ०८१ मा लागु हुनेगरी शुल्क समायोजन गरेको आरोप लगाउँदै विरोध गरेको हो ।


यूनियनले प्रस विज्ञप्ति जारी गर्दै जनताको व्यपार, व्यवसाय धरासायी भइरहेको र आय आर्जन घटेर जनजीवन कष्टकर वनिरहेको अवस्थामा सिटिईभिटीले शुल्क वृद्धि गर्नु गैरन्ययीक, अमानवीय रहेको भन्दै विरोध गरेको छ ।


विज्ञप्ति मार्फत संघर्षका कार्यक्रम घोषणा गर्दै जनता र विद्यार्थी माथि हुने कुनै पनि अन्यय स्वीकार्य नहुने र सर्वाधिक भ्रष्टाचार हुने शैक्षिक संस्थाका रुपमा बदनाम हुँदै आएको आरोप छ । साथै शुल्क वृद्धि तत्काल खारेज गर्न माग गर्दै खारेज नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।


सिटिईभिटीले असार २९ गते तीन विषयको शुल्क समायोजन गरेको जनाएको थियो । जस्मा डिप्लोमा इन फार्मेसीका लागि प्रथम वर्ष १,६९,४६४, दोस्रौ वर्षका लागि १,२७,०९८ र तृतीय वर्षका लागि १,२७,०९८ रुपियाँ शुल्क निर्धारण गरेको छ । प्रमाण पत्र तह नर्सिङ्ग प्रथम वर्ष २,४९,६९०, द्वितीय वर्ष र १,८७,२७० तृतीय वर्षमा १,८७,२७० अधिकतम् शुल्क निर्धारण गरेको छ । प्रमाण पत्र तह सामान्य चिकित्साका लागि प्रथम वर्ष २,०९,५३०, दोस्रो वर्षका लागि १,५७,१४५ र तृतीय वर्षका लागि १,५७,१४५ रुपियाँ शुल्क निर्धारण गरेको छ ।