सिटिइभिटीको विभिन्न तहमा निशुल्क छात्रवृत्तिका लागि आवेदन माग (हेर्नुहोस सूचना)

काठमाडौं/३० असार-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिईभिटी) परीक्षा नियन्त्रण कार्यालयले छात्रवृत्ति कोटामा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८०/०८१ मा प्रि–डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा प्रवेश परीक्षाका लागि अनलाइन आवेदन माग गरेको हो ।


परिषद्बाट सञ्चालन गरिने सरकारी, सामुदायिक, परिषदका आङ्गिक शिक्षालयबाट एस.एल.सी, एस.ई.ई, प्रि–डिप्लोमा उत्तीर्ण गरेका शैक्षिक सत्र २०८०/०८१ मा प्रि–डिप्लोमा–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०८०’ बमोजिम परिषदबाट सञ्चालन सम्बन्धन स्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि आवेदन माग गरेको छ ।


निशुल्क छात्रवृत्ति कोटामा भर्नाका लागि योग्यता पुगेका उम्मेदवारहरुले साउन १२ गते शुक्रबारभित्र रीतपूर्वक आवेदन फाराम भर्न सूचना मार्फत जानकारी दिएको छ ।