शैक्षिक क्षेत्रको समस्या समाधानका लागि सङ्घीय शिक्षा ऐनको आवश्यक : योगेश भट्टराई

काठमाडौँ /२४ असार-नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले छिटो सङ्घीय शिक्षा ऐन ल्याउन आवश्यक रहेको बताएका छन् । पछिल्लो समय शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि सङ्घीय शिक्षा ऐन ल्याउन आवश्यक रहेको बताएका हुन् ।


नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ महानगर समितिद्वारा प्रकाशित ‘काठमाडौँ शिक्षक सौगात २०८०’ शनिबार विमोचन गर्दै शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्य भट्टराईले सो शिक्षा ऐनमा शिक्षकका हकहित सुनिश्चित गर्न आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट गरे । उनले शिक्षकहरू समाजको पथप्रदर्शक भएकाले शिक्षकलाई सम्मानित व्यवहार हुनुपर्ने माग गरे ।